भक्तपुरका आइते भनिने २१ वर्षीय सचिन परियार, नुवाकोट घर भएकी १८ वर्षीया अञ्जली श्रेष्ठ, स्याङ्जाकी २१ वर्षीया विपना भनिने वसुन्धारा कार्की, स्याङ्जा की ५६ वर्षीया नुनमाया कार्की, नुवाकोट घर भएका २१ वर्षीय बुद्ध लामा तामाङ, सिन्धुपाल्चोक घर भएका ३० वर्षीय दोर्जे भनिने अमृत तामाङ र १३ वर्षका नाबालकलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
काठमाडौँ प्रहरी परिसरले आइतबार पत्रकार सम्मेलन गर्दै उनीहरुलाई पक्राउ गर्ने क्रममा उम्कन खोजेपछि अस्ट नारायण हल पछाडी र बाइसधारा १ राउण्ड जंगलमा हवाई फायर समेत गरेको जानकारी दिएकाे थियो।
खोटाङको मजुवागढी गाउँपालिका-१ का का ३२ वर्षीय युवराज हाल टोखा नगरपालिका गंगबु गणेशथान बस्ने गर्दथे । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार युवराजकाे हत्या पछाडि लुटपाट र महिलासँगकाे विवाद लगायतका कारण देखिएकाे छ । पक्राउ परेका सचिन परियारसँग प्रहरी जवान घिमिरेको पुरानाे चिनजान रहेको प्रहरीले जानकारी दिएकाे छ ।
यसैगरी, पक्राउ पर्नेहरू सबैजना लागूऔषध प्रयोगकर्ता रहेको प्रहरीकाे दाबी रहेकाे छ । उनीहरुले घिमिरेको इट्टा, रड, बेल्ट र ढुंगा प्रहार गरी हत्या गरेकाे र एक निर्माणाधीन घरको भुइँमा म्याट्रेसले छोपेर लुकाएका थिए । यसैगरी, उनकाे लुगा र जुत्ता जलाएर नष्ट गरेका थिए । युवराजकाे शव रक्ताम्य अवस्थामा शुक्रबार मनमैजुस्थित निर्माणाधीन घरमा फेला परेकाे थियो ।
कसरी भयाे घटना?
युवराज घिमिरे काम सकेर घर पुग्नु अघि नै तार्केश्वर ११ को एक सानो होटलमा पसे । खाजा खाने क्रममा अन्जली श्रेष्ठ र सचिन परियार पनि साेहि खाजा घरमा पुगेकाे प्रहरीले जनाएकाे छ । उनीहरु तीनजना सँगै एउटै टेवलमा बसेर खाजा खाएकाे प्रहरीले खुलाएकाे छ ।
साेहि क्रममा उनीहरूबीच विवाद सुरु भएको थियाे। सचिनले युवराजले अन्जलीलाई आँखा झिम्काएको आरोप लगाएका छन् । जसपश्चात सचिनले अन्जलीलाई विसन्चो भयो भन्दै युवराजलाई माथिसम्म पुर्याइदिन आग्रह गरेकाे पनि प्रहरीसँग बताए । त्यसपछि उनिहरू एउटै मोटरसाइकलमा सो स्थानमा गएका थिए ।
युवराज साे स्थानमा पुग्दा पहिलेदेखि नै त्यहाँ विपना, नुरमाया, बुद्ध, अमृत र नाबालक रहेकाे पनि प्रहरीकाे भनाइ छ । हत्यापछि युवराजको शवकाे स्थान परिवर्तन गरेर उनीहरूले घरभन्दा केही बाहिर छोपेर राखेका थिए । खाजा खाएको ठाउँबाट घटनास्थल ४ किलोमिटर पर रहेको छ ।
प्रहरीले युवराजसँग भएको २ हजार रूपैयाँ लगेको हुनाले लुटपाट हुन सक्ने अनुमान गरेकाे छ ।हालसम्म युवराजले मदिरा खाए/नखाएको परीक्षण भइनसकेकाे र हत्याकाे पूर्वयाेजना पनि नदेखिएकाे काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख वसन्त रजौरेले बताए । खाजाघरमा आखाँ झिम्काएको निहुँमा त्यहाँबाट सुरु भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानमा देखिएकाे बताउँदै उनले सचिन र युवराजबीच पुरानाे रिसिबी हुन सक्नेतर्फ अनुसन्धान अघि बढेकाे जानकारी दिए । अन्जली श्रेष्ठ र सचिन परियार लिभिङ टुगेदरमा रहेकाे पनि उनले खुलाए ।
रजाैरेका अनुसार पक्राउ पर्नेहरू एकैठाउँमा बस्ने टोली होइनन् । उनीहरु ७ दिन एक स्थानमा र ७ दिन अर्कै स्थानमा बस्ने गरेका थिए । यिनीहरु निमार्णाधीन घरहरुमा बस्ने टोली भएकाे पनि उनले खुलाए । विगत लामो समयदेखि सँगै उनीहरु बस्दै आएका थिए । यद्धपी युवराज अहिलेसम्म त्यो स्थानमा गएको नभेटिएको पनि रजाैरेले बताए । यसअघि सचिन र अमृत चोरी घटनामा मुद्दा परेको थियो ।