यही बीचमा नेप्से परिसूचक भने ५ दशमलब ५९ प्रतिशतले मात्रै बढेको देखिएको छ । उपसमूहसँगै केही कम्पनीहरु बुलिस रहे पनि सोही समूहका केही कम्पनीहरु झिनो रुपमा मात्रै बढेका छन् । कतिपय सोही समूहका कुनै कम्पनीहरु उल्टो घटेका छन् । यहाँ उपसमूह बढ्दा झिनो अंकले बढेका वा उल्टो घटेका कम्पनीहरुको बारेमा चर्चा गरिएको छ ।
पछिल्लो ५ कारोबार दिनमा नेप्से परिसूचक ४ कारोबार दिन ठूलो अंकले घटेको छ भने एक कारोबार दिन मात्रै झिनो अंकले बढेको छ । धितोपत्र बोर्डमा अध्यक्षको नियुत्ति प्रक्रिया लम्बिनु तथा विद्याधर मल्लिकको समितिले शेयर बजारका व्यवसायिक लगानीकर्ताको नाफालाई आम्दानी मानेर कर तिर्नुपर्ने सुझाव सार्वजनिक भएपछि शेयर बजार थप दबाबमा रह्यो । शेयर बजार ५ कारोबार दिनमा ५३ दशमलब ३१ प्रतिशतले घटेको छ ।
फाइनान्स समूहअन्तर्गत नेपाल फाइनान्स, ४६ दशमल २३ प्रतिशत, समृद्धि फाइनान्स २८ दशमलब ५५ प्रतिशत, प्रोग्रेसिभ फाइनानस २१ दशमलब ५२ प्रतिशत, गुडविल फाइनान्स १९ दशमलब ६३ प्रतिशत र बेष्ट फाइनान्स १७ दशमलब ६९ प्रतिशतले बढेको देखिएको छ । सोही अवधिमा सबैभन्दा धेरै घटने र सुस्त गतिमा बढ्ने कम्पनीहरुमा क्रमशः पोखरा फाइनान्स ६ दशमल
ब ४३ प्रतिशतले घटेको छ भने मञ्जुश्री फाइनान्स १ दशमलब ३८ प्रतिशततले मात्रै बढेको छ भने आईसीफएसी फाइनानस २ दशमलब ७२ प्रतिशत, श्री इन्भेष्टमेन्ट फाइनान्स ५ दशमलब ५७ प्रतिशत र रिलायन्स फाइनानस १० दशमलब३५ प्रतिशतले बढेको छ ।
हाइड्रोपावर समूहमा भगवती हाइड्रोपावर ६२ प्रतिशत, बुद्धभुमि नेपाल ५३ प्रतिशत, कुथरी बुखारी हाइड्रोपावर ५२ प्रतिशत, सुपर मादी हाइड्रोपावर ४५ प्रतिशत र बरुण हाइड्रोपावर ३७ प्रतिशतसम्मले शेयर मूल्यमा उछाल आएको देखिएको छ । सोही अवधिमा पिपल्स पावर ११ प्रतिशतल, जोशी हाइड्रोपावर ९ दशमलब ३५ प्रतिशत, डोल्टी पावर ६ प्रतिशत, मोदी इनर्जी ३ दशमलब ४५ प्रतिशत र माउन्टेन हाइड्रो नेपाल भने ३ दशमलब ४२ प्रतिशतले घटेको छ ।
माइक्रोफाइनान्स समूहमा हिमालयन लघुवित्त ६३ प्रतिशत, उपकार लघुवित्त ५४ प्रतिशत, सिर्जनशील लघुवित्त ५३ प्रतिशत, ग्लोबल आईएमई लघुवित्त ५० प्रतिशत र साधना लघुवित्त ४६ प्रतिशतले बढेको छ ।
उन्नति सहकार्य लघुवित्त १२.२७ प्रतिशत, सीवाईसी नेपाल लघुवित्त ७.९५ प्रतिशत, आरएसडीसी लघुवित्त ६.७६ प्रतिशत, गुराँस लघुवित्त १.९२ प्रतिशत र एनआईसी एसिया लघुवित्त १ दशलमब १६ प्रतिशतले घटेको देखिएको छ ।