खासगरी, मंगलबार बेलुकी आफूलाई वृद्ध बताउने ती पुरूष २४ वर्षका युवक भएकाे खुलेपछि प्रहरीले पक्राउ गरेकाे हाे । क्यानडा जानकै लागि उनले एक वृद्धकाे भेष धारण गरेका थिए । गुरु सेवक सिंह नाम गरेका ती युवकले कपालमा सेताे रङ लगाएका थिए भने कपडा पनि वृद्धकै जस्तै थियाे ।
विमानस्थलको टर्मिनल ३ मा सिंहलाई पक्राउ गरिएकाे हाे । उनको गतिविधिहरू शंकास्पद लागेपछि पहिलो पटक सीआईएसएफका कर्मचारीहरूले जाँच गरेका थिए ।
ती व्यक्तिले रशविन्दर सिंह सहोता नाम भएका ६७ वर्षका एक व्यक्तिका पासपाेर्ट बाेकेका थिए । उनले आफ्नो परिचय पनि त्यहिँ नै दिएका थिए। उनी मंगलबार दिल्लीबाट उड्न लागेकाे एयर क्यानडाको विमानमा चढ्नुपर्ने थियाे ।
उनकाे हाउभाउ, आवाज र छाला पासपाेर्ट भन्दा फरक पाएपछि उनीमाथि शंका गरिएकाे थियाे ।पासपाेर्टमा उपलब्ध गराइएका विवरणहरू भन्दा उनी धेरै कान्छो देखिन्थे। त्यसपछि नजिकबाट हेर्दा उनले आफ्नो कपाल र दाह्रीमा सेतो रंगाएकाे र वृद्ध देखिन चश्मा लगाएकाे पत्ता लागेकाे थियाे ।
त्यसपछि, सोधपुछ गर्दा ती व्यक्तिले आफ्नो सही परिचय दिएका थिए । उनी २४ वर्षका गुरु सेवक सिंह भएकाे खुलासा गरे। उनको मोबाइलमा यस नामको पासपाेर्टकाे फोटो पनि भेटिएको थियाे ।
नक्कली पासपाेर्ट बाेकेकाे आराेपमा यात्रुलाई उनको सामानसहित यस विषयमा कानुनी कारबाही अघि बढाउनका लागि उनलाई दिल्ली प्रहरीको जिम्मा लगाइएकाे छ ।