नेप्से घटेपनि फाइनान्स उपसमूहको परिसूचक उच्च बढ्यो

Jun 23, 2024 03:08 PM Merolagani

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। नेप्से घटेपनि यस दिन फाइनान्स उपसमूहको परिसूचक भने उच्च दरमा बढेको छ।

१३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। जसमध्ये फाइनान्स उपसमूहको परिसूचक सर्वाधिक ५.४९ प्रतिशत बढेको छ। यस उपसमूहको परिसूचक पछिल्ला ३ कारोबार दिनदेखि निरन्तर बढ्दो क्रममा रहेको छ। त्यस्तै, यस दिन अन्य उपसमूहको परिसूचक ०.२५ प्रतिशत बढेको छ भने व्यापार उपसमूहको परिसूचक ०.६६ प्रतिशत बढेको छ। कारोबारमा आएको लघुवित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.२३ प्रतिशत घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

आइतबार नेप्से परिसूचक ५.३७ अंक घटेर २०६२.९४ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.६३ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.३६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१५ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने सामान्य बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ३ अर्ब ८७ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१७ स्टकको ६१ हजार ५१३ पटकको कारोबारमा ४ अर्ब ३७ करोड ४५ लाख रुपैयाँ बराबरको ९५ लाख ६१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन रिलायन्स फाइनान्स, गणपति लघुवित्त वित्तीय संस्था, साधना लघुवित्त वित्तीय संस्था मैलुङ्ग खोला जलविद्युत कम्पनी र नेपाल फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, यस दिन बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी र मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। कारोबार रकमका आधारमा यस दिन ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ६.५८ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन पोखरा फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन १७ करोड १३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन नेपाल फाइनान्स र रिलायन्स फाइनान्सको १३ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने माउन्टेन इनर्जि नेपालको ११ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

comments powered by Disqus

सर्वाेच्च अदालतमा ओलीको ‘किचन क्याविनेट’ का सदस्यले बलजफ्ती गरेपछि रवि लामिछाने मुछिएको सूर्यदर्शन सहकारी प्रकरण थप गिजोलिंदै

Jun 21, 2024 01:44 PM

कानुनका नौ सिङ भन्ने कुरा त सुनिएको थियो । तर, वकिलले चाहे भने मुद्दालाई कसरी घुमाइदिन सक्छन् भन्ने दृष्टान्त गृहमन्त्री रवि लामिछाने ‘अभियुक्त’ रहेको सूर्यदर्शन सहकारी प्रकरणमा देखिन थालेको छ ।