पुनः घट्यो नेप्से, कारोबार रकम भने सामान्य बढ्यो

Jun 20, 2024 03:07 PM Merolagani

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक पुनः घटेर बन्द भएको छ। गत साताको बिहीबारदेखि ओरालो लागेको नेप्से, हिजो अर्थात बुधबार सामान्य अंक बढेर बन्द भएको थियो। तर, नेप्सेले यस दिन सोही क्रमलाई निरन्तरता दिन भने सकेन।

बिहीबार नेप्से परिसूचक १०.४४ अंक घटेर २०६८.३१ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.६९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.७३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९३ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने सामान्य बढेको छ। अघिल्लो कारोबार दिन ३ अर्ब ४० करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०६ स्टकको ५३ हजार १७ पटकको कारोबारमा ३ अर्ब ८७ करोड ७ लाख रुपैयाँ बराबरको ८६ लाख ६३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन कालिका लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ७.७१ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन बाराही हाइड्रोपावरको शेयरमूल्य साढे ६ प्रतिशत बढेको छ भने सनराइज ब्लु चिप फण्डको इकाईमूल्य करिब ६ प्रतिशत बढेको छ। कारोबारमा आएको कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक ९.२८ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन भगवती हाइड्रोपावरको शेयरमूल्य करिब साढे ५ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन माउन्टेन इनर्जी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १७ करोड १४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको १५ करोड ७४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको करिब १० करोडको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त र म्युचुअल फण्ड उपसमूहको परिसूचक बढेको हो। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक १.८२ प्रतिशत बढेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.१३ प्रतिशत बढेको छ। यस दिन घटेका उपसमूहको गिरावट दर १ प्रतिशतभन्दा कम रहेको छ।

comments powered by Disqus

न्यून चुक्ता पुँजी र ऋणात्मक इपीएस भएका कम्पनीको शेयर मूल्य उच्च किन ?

Jun 20, 2024 06:16 AM

पछिल्लो समय न्यून चुक्ता पुँजी र नकारात्मक प्रति शेयर आम्दानी भएका कम्पनीको शेयर मूल्य उच्च दरले बढ्न थालेको छ । पछिल्लो समय पालैपालो ट्रेन्डिङमा आएका माइक्रोफाइनान्स, फाइनान्स र हाइड्रोपावर कम्पनीको उच्च मूल्य भएका कम्पनीहरु प्रायः न्यून चुक्ता पुँजी र ऋणात्मक प्रति शेयर आम्दानी भएका कम्पनी नै छन् ।