पछिल्लो केही हप्तादेखि लगातार हरियो रहँदा आएको फाइनान्स समूहमा झिनो अंकको गिरावट देखिएको छ भने होटल समूह पनि रातै देखियाे । अन्य सबै समूह हरियो देखिए पनि प्रतिशतमा गणना गर्दा १ प्रतिशतभन्दा मुनि नै बढेको देखिएको छ ।
पछिल्लो समय लो क्याप कम्पनीको बाहुल्यता रहेको फाइनान्स समूह लगातार चम्किरहेको भए पनि त्यसले नेप्सेलाई माथि डाेर्याउन योगदान दिन सकेको थिएन भने माइक्रोफाइनान्स बढ्दा पनि नेप्से परिसूचकमा झिनो अंकको मात्रै वृद्धि हुने गरेको थियो । मंगलबारको बजारमा भने विकास बैंक र लघुवित्त समूहका कम्पनीले वृद्धिको नेतृत्व गरे पनि फाइनान्स र होटल समूह बाहेक सबै समूह बढ्दा नेप्से परिसूचकमै दोहोरो अंकको वृद्धि देखिएको छ ।
![](https://images.merolagani.com/Uploads/Repository/638561468636150184.jpg)
पछिल्लो समय लगानीकर्ताहरुमा लो क्याप कम्पनीमा आकर्षित देखिएका छन् जसको फलस्वरुप फाइनान्स समूह परिसूचक अल टाइम हाइ भन्दा २५ प्रतिशत मात्रै तल छ भने त्यसपछि दोस्रो धेरै वृद्धि दर लघुवित्त समूहको देखिएको छ । बजारमा लगानीकर्ताहरुले लो क्यापको साथै कुन ब्रोकरले कुन शेयर किनिरहेका छन् वा बेचिरहेका छन् भन्ने तथ्यलाई आधार मानेर नै कारोबार गर्ने गरेका छन् । विगत चार दिनदेखि लघुवित्त समूह परिसूचकमा वृद्धि देखिँदा कुन ब्रोकरले कुन समूहको शेयर किनिरहेका छन् वा बेचिरहेका छन् भन्ने चासो लगानीकर्तामा हुन सक्दछ । मेरो लगानीले डाटा एनालाइटिक्सको सहयोगमा कुन ब्रोकरले कुन माइक्रोफाइनान्स बढी होल्ड गरिरहेका छन् भन्ने सूची तयार पारेको छ ।
एक साताको ब्रोकरको किनबेचको आधारमा तयार पारेको यो सूचीमा सबैभन्दा धेरै ३५ नम्बर ब्रोकरले स्वावलम्बन लघुवित्त ४१ हजार कित्ता भन्दा बढी होल्ड गरेको देखिएको छ । त्यस्तै ४३ नम्बर ब्रोकरले डिप्रोक्स लघुवित्त ३० हजार भन्दा बढी होल्ड गरेको देखिन्छ । निर्धन उत्थान लघुवित्त २९ हजार कित्ता ६२ नम्बर ब्रोकरले होल्ड गरेको छ । त्यस्तै ५८ नम्बर ब्रोकरले गणपति लघुवित्त साढे २३ हजार होल्ड गरेको देखिएको छ भने कालिका लघुवित्त ५३ नम्बर ब्रोकरले २२ हजार कित्ता होल्ड गरेर बसेका छन् ।
त्यसैगरी ३५ नम्बर ब्रोकरले २० हजार ६ सय कित्ता आरम्भ चौतरी लघुत्ति, ३३ नम्बर ब्रोकरले १६ हजार ६ सय जीवन विकास लघुवित्त, ५० नम्बर ब्रोकरले १५ हजार नेरुडे मिर्मिरे लघुवित्त, ६० नम्बर ब्रोकरले १४ हजार फष्ट माइक्रोफाइनान्स, ३३ नम्बर ब्रोकरले ११ हजार ९ सय कित्ता छिमेक लघुवित्त, ६२ नम्बर ब्रोकरले ११ हजार एनआइसी एसिया लघुवित्त, ४४ नम्बर ब्रोकरले ११ हजार स्वरोजगार लघुवित्त र ४३ नम्बर ब्रोकरले १० हजार ५ सय कित्ता मेरो माइक्रोफाइनान्स होल्ड गरेर बसेका छन् । १० हजार कित्ता भन्दा कम कित्ता होल्ड गर्ने ब्रोकरको सूची तालिकामा प्रस्तुत गरिएको छ ।