वाणिज्य बैंकको शेयर सस्तो कि महंगो ? सूचीसहित

Jul 30, 2024 06:09 AM Merolagani



राजनीतिक समिकरणपछि लय समाएको शेयर बजार ३० प्रतिशतभन्दा बढीले बढ्दा धेरै समयदेखि पछि रहेको बैकिङ समूह ४७ दशमलब ५० प्रतिशतले बढेको छ ।

१९ वटा कम्पनी सुचीकृत रहेको बैकिङ समूहका सबै कम्पनीहरु ८ अर्ब रुपैयाँ भन्दा बढी चुक्ता पुँजीका छन् । उच्च चुक्ता पुँजी भएका कम्पनी भएको कारण विगतमा नेटवर्थ, प्रति शेयर आम्दानी सन्तोषजनक रहे पनि बैकिङ समूहको शेयर बढ्न सकेको थिएन । नेपाल राष्ट्र बैंकको गत आर्थिक वर्षको तेस्रो त्रैमासिक मौद्रिक नीतिको समीक्षा र चालु आवको मौद्रिक नीति सार्वजनिक भएपछि भने बैकिङ सेक्टरको शेयरले उचाई हासिल गर्न थालेको हो ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बैकहरुको नाफामा सुधार हुने केही बुँदाहरु संशोधन गरेपछि बैकको शेयरमा उछाल आएको हो । बैंकको असल कर्जामा १ दशमलब २० प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्नेमा त्यसलाई मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले घटाएर १ दशमलब १ प्रतिशत तथा चालु आर्थिक वर्षको साउन मसान्तसम्म रिकभर गरेको व्याज आम्दानीलाई समेत गत वर्षको आम्दानीमा जोड्न पाउने व्यवस्था एवम् खराब कर्जामा वर्गिकरण भइसकेपछि ६ महिनासम्म नियमित कर्जा तिरिहेको ऋण मात्रै असल कर्जामा वर्गिकरण गर्ने व्यवस्था रहेकोमा सो व्यवस्थालाई खारेज गरेपछि बैंकमा लगानीकर्ताको ह्वात्तै उछाल देखिएको हो । बैंकको शेयर करिब एक महिनाको दौरान झन्डै ५० प्रतिशतले वृद्धि भए पनि बैंकको नेटवर्थसँग तुलना गर्दा भने अझै पनि धेरै नै सस्तो रहेको देखिन्छ ।

नेपाल स्टक एक्सचेन्जले आइपीओ निष्काशन गरेको कम्पनीको पहिलो कारोबार रेञ्ज तोक्दा नेटवर्थको १ देखि ३ गुणासम्मको रेञ्जभित्र रहेर कारोबार गराउने गर्दछ । सो अनुसार हेर्दा स्ट्यान्डर्ड चार्टर्ड बैंक र नबिल बैंक मात्रै नेटवर्थको ३ गुणाभन्दा माथि रहेर कारोबार भएका छन् । अधिकांश बैंकहरु नेटवर्थको १ देखि २ गुणाको बीचमा कारोबार रहेका छन् नेटवर्थको २ गुणाभन्दा कम मूल्यमा वर्षौ पुरानो लाभांश दिइरहेका कम्पनीको शेयर पाउनु भनेको एकदमै सस्तो मान्नुपर्छ । तथ्यांक अनु्सार सबैभन्दा सस्तोमा नेपाल बैंकको शेयर रहेको छ भने त्यसपछि क्रमैसँग लक्ष्मी सनराइज बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, ग्लोबल आईएमई बैंक, प्रभु बैंक, कृषि विकास बैंक, हिमालयन बैंक, सिटिजन्स बैंक माछापुच्छ्रे बैंक, एनएमबी बैंक, सिद्धार्थ बैंक र प्राइम कमर्सियल बैंकको शेयर सस्तो देखिएको छ ।

नेटवर्थको दुई गुणा माथि रहेर सानिमा बैंक, एनआईसी एसिया बैंक र एभरेष्ट बैंकगरी तीन वटा बैंकको कारोबार भएको छ ।




comments powered by Disqus

एभरेष्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति?

Sep 06, 2024 01:45 PM

एभरेष्ट बैंक लिमिटेड (EBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको १५.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।