Thu, Sep 05, 2024
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले एक जना संस्थापक शेयरधनीको नाममा रहेको ८३ हजार ७६ कित्ता शेयर बिक्रीमा ल्याएको छ ।
उक्त संस्थापक शेयरमा बैंकका विद्यमान अन्य संस्थापक शेयरधनीले आवेदन दिन सक्नेछन् । शेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजका दिनबाट ३५ दिनभित्र आवेदन गरिसक्नुपर्ने छ । शेयर खरिद गर्न इच्छुकहरुले शेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ ।
अवैज्ञानिक पूँजीकरण गणनाले बजारमा गलत सन्देश प्रवाह गरेको भन्दै अर्थमन्त्रीको ध्यानकषर्ण गराइएको छ । आईतबार प्रतिनिधि सभाका सांसद हरि ढकाललगायत ब्रोकर, मर्चेन्ट क्यापिटल र लगानीकर्ताको प्रतिनिधिले अर्थमन्त्रीलाई ७ बुँदे सुझाव बुझाउँदै ध्यान आकर्षण गराएका हुन ।