बैंकहरुमध्ये सर्वाधिक नाफा कमाउन सफल नबिल बैंक, अन्य सूचक कस्तो?

Aug 05, 2024 06:51 AM Merolagani



नबिल बैंक लिमिटेड (NABIL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ७ अर्ब ६ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.२३ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६ अर्ब ४० करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी सामान्य घटे पनि इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधीमा बैंकको खुद ब्याज आम्दानी ८.६९ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी १२.०४ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ६.०२ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ६.५१ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको खराब कर्जा १.१८ प्रतिशतबाट घटेर १.०७ प्रतिशत झरेको छ। जसका कारण बैंकको इम्पेरमेन्ट चार्ज ३ अर्ब २२ करोडमा सीमित भएको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ४२ पैसा बढेर २६ रुपैयाँ ९ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ २२० रुपैयाँ १६ पैसा र मूल्य आम्दानी अनुपात २०.०८ गुणा रहेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने ३ अर्ब ८५ करोड रुपैयाँ रहेको छ।

२७ अर्ब ५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ३२ अर्ब ५१ करोड रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप १६.४४ प्रतिशत बढेको छ भने कर्जा १२.९४ प्रतिशत बढेको छ।




comments powered by Disqus

गत आर्थिक वर्ष वाणिज्य बैंकहरुले कमाए ६४ अर्बभन्दा बढी नाफा, कुन बैंकको नाफा कति बढ्यो? कति घट्यो?

Aug 05, 2024 07:21 AM 0

हाल सञ्चालनमा रहेको २० वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरिसकेका छन्। विवरण अनुसार सो अवधिसम्ममा बैंकहरुले ६४ अर्ब १५ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएका छन्।