आधा दर्जन बढी बैंकले यस वर्ष लाभांश दिन नसक्ने, कुन बैंकले कति दिन सक्छन् शेयरधनीलाई लाभांश?

Aug 06, 2024 05:53 AM Merolagani



चालु आर्थिक वर्षमा आधा दर्जनबढी वाणिज्य बैंकले शेयरधनीलाई लाभांश वितरण गर्न नसक्ने भएका छन्। बैंकहरुले प्रकाशित गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तिय विवरण अनुसार ४ बैंकको वितरणयोग्य नाफा नकारात्मक छ भने केहि बैंकले गत आर्थिक वर्षमा पूँजीकोष नपुर्याएको कारणले पनि लाभांश वितरण गर्न नपाउने अवस्था छ।

वित्तीय विवरण अनुसार हिमालयन बैंक, एनआइसि एशिया बैंक, कुमारी बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको वितरणयोग्य नाफा नकारात्मक छ जसले गर्दा यी बैंकहरुले गत वर्षको कमाइबाट शेयरधनीलाइ लाभांश वितरण गर्न पाउदैनन्।

यस्तै एनएमबि बैंकको लाभांश क्षमता १.३ प्रतिशत छ भने सिद्धार्थ बैंकको लाभांश क्षमता २.९ प्रतिशत र ग्लोबल आइएमई बैंकको ३.०६ प्रतिशत रहेको छ। यस्तै माछापुच्छ्रे र सिटिजन्स बैंकको पनि लाभांश क्षमता ४ प्रतिशत मात्रै छ।

यस्तै केहि बैंकले गत आर्थिक वर्षमा राष्ट्र बैंकले तोके अनुसार पूँजीकोष पुर्याउन नसकेकोले ती बैंकहरुको पनि लाभांश रोकिने अवस्था छ।

  • कसको छ सबैभन्दा धेरै लाभांश क्षमता?

गत आर्थिक वर्षको कमाइबाट एभरेष्ट बैंकले बैभन्दा धेरै लाभांश वितरण गर्ने क्षमता बनाएको छ। बैंकले कुल २९ प्रतिशत लाभांश वितरण गर्नसक्ने क्षमता बनाएको छ।

यस्तै स्ट्यान्डर्ड चाटर्ड बैंकले २६.५ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता बनाएको छ भने कृषि विकास बैंकले १९.७९ प्रतिशत लाभांश वितरण गर्नसक्ने क्ष्मता बनाएको छ।

यता नविल बैंकले १४.२६ प्रतिशत लाभांश क्षमता बनाएको छ भने एसविआई बैंकले १०.७६ प्रतिशत र सिद्धार्थ बैंकले १०.७६ प्रतिशत लाभांश वितरण गर्नसक्ने क्षमता बनाएको छ।

यसबाहेक अन्य बैंकको लाभांश क्षमता ७ प्रतिशतभन्दा कम छ जुन वाणिज्य बैंकहरुले मुद्दति निक्षेपमा दिइरहेको ब्याजभन्दा कम हो।

  • रिटर्न अन इक्वीटि ९ प्रतिशतमा झर्यो

बैंकहरुको रिटर्न अन इक्वीटि ९ प्रतिशतमा झरेको छ। १९ बैंकको औसत आरओई ९.४१ प्रतिशत छ।
बैंकहरुमा स्ट्यान्डर्ड चाटर्ड बैंकको आरओई सबैभन्दा धेरै १६.०९ प्रतिशत छ भने एभरेष्ट बैंकको १३.३२ प्रतिशत र प्रभु बैंकको १२.३ प्रतिशत छ।

यता नेपाल बैंकको सबैभन्दा कम ४.३८ प्रतिशत छ भने एनआइसि एशिया बैंकको ४.५८ प्रतिशत र कुमारी बैंकको ६.२२ प्रतिशत छ।

खद नाफा र वितरणयाेग्य नाफा कराेडमा देखाइएकाे छ। 

गत वर्ष बैंकहरुको लाभांश दर निकै घटेको थियो। विगत लामो समयदेखि ३० प्रतिशतभन्दा बढी लाभांश वितरण गर्दै आएको नबिल बैंकले गत वर्ष लगानीकर्तालाई ११ प्रतिशत मात्रै लाभांश वितरण गरेको थियो। चालु आर्थिक वर्षमा पनि सोहि आसपासको लाभांश लगानीकर्तालाई दिने देखिन्छ छ।

गत वर्ष हिमालयन बैंक, कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक लगायतले शेयरधनीलाई लाभांश वितरण गर्ने पैसा नै नभएपछि साे वर्ष लाभांश वितरण गर्न सकेनन्। उनीहरुको वितरयोग्य नाफा निकै कम देखिएको थियो।

बैंकहरुको खराब कर्जा बढेको र त्यो खराब कर्जा उठ्न नसक्दा उनीहरुको वित्तीय अवस्था खस्किएको हो। चौथो त्रैमासमा भने खराब कर्जामा केहि सुधार भएको देखिन्छ। चोथो त्रैमासमा औसतमा खराब कर्जा ३.५३ प्रतिशतमा झरेको छ जुन तेस्रो त्रैमासमा ४ प्रतिशत माथि पुगिसकेको थियो।




comments powered by Disqus

तीन कारणले शेयर बजारमा ५.१८ प्रतिशतको पहिरो, तर कारोबार रकममा कीर्तिमान बन्नुले के अर्थ राख्छ ?

Aug 06, 2024 05:41 PM 0

सुवास निरौला

मंगलबार शेयर बजारमा एकाएक ५.१८ प्रतिशतको पहिरो गयो। नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक ‘नेप्से’ १४५.०५ अंकले घट्दा सूचक २६५१.३२ अंकमा ओर्लियो।