विवादको दलदलमा फस्दै भारतीय बजार नियामक सेबी प्रमुख बुच

Sep 05, 2024 03:13 PM Merolagani



भारतीय बजार नियामक सेक्यूरिटिज एण्ड एक्सचेञ्ज बोर्ड अफ इण्डिया (सेबी) का प्रमुख माधवी पुरी बुचको दिन आजभोली खराब चलिरहेको छ। उनी विवादबाट टाढा हुन सकेका छैनन्।

एक विवाद शान्त हुनुभन्दा अघि नै नयाँ विवाद सिर्जना भइरहेको छ। अवस्था यस्तो छ कि सेबी प्रमुख बुच एकै पटकमा चार स्थानमा युद्ध लड्नु परिरहेको छ। यसले बुचका लागि समस्या बढ्दै गइरहेको छ। सेबी प्रमुख विवादमा मुछ्ने प्रक्रिय अमेरिकी शर्ट सेलर कम्पनी हिन्डनबर्गको एक रिपोर्ट आएपछि सुरु भएको थियो। हिन्डनबर्ग बाहेक उनी माथि अब विपक्षी दल कांग्रेस र बिजनेशम्यान सुभाष चन्द्राले आरोप लगाइरहेका छन् भने सेबी कार्यालयमा कार्यरत कर्मचारीहरुले पनि उनका विरुद्ध मोर्चा खोलिसकेका छन्।

माधवी पुरी बुचका लागि राहतको कुरा यो हो कि अहिलेसम्म केन्द्रिय सरकार उनको पक्षमा उभिएको देखिएको छ। यद्यपि, माधवीले आफुमाथि लागेका सबै आरोपहरुको खण्डन गरिसकेकी छिन् भने एक एक आरोपमा सफाई पनि पेश गरिसकेका छन्। तर, उनको बयान विपक्षीहरुलाई पचेको छैन र उनीहरु समय समयमा उनीमाथि तीखा हमला गरिरहेका छन्।

हिन्डनबर्ग विवाद

अमेरिकी शर्ट सेलर हिन्डनबर्गले आफ्नो एक रिपोर्टमा आरोप लगाएको थियो कि माधवी पुरी बुच र उनका पतिले त्यो ओभरसिज फण्डमा पैसा लगाएका थिए जसको प्रयोग अडानी ग्रुपले पैसा यता उति गर्नका लागि गरेका थिए। साथै हिन्डनबर्गले, माधवी पुरी बुचले ब्ल्याकस्टोनलाई फाइदा पुर्याउनका लागि आरईआईटि नियममा संशोधन गर्ने प्रस्ताव, अनुमोदन र सुविधा प्रदान गरेको आरोप लगाएको थियो। माधवीका पति धवल बुच ब्ल्याकस्टोनमा सल्लाहकारका रुपमा काम गर्दथे। यद्यपि, माधवीले ती आरोपहरुलाई जरादेखि नै खण्डन गरेका थिए।

कांग्रेसको हमला

हिन्डनबर्गको दाबीसँगै उठेको विवाद केही शान्त भएको बेला कांग्रसले माधवी पुरी बुचमाथि केही गम्भिर आरोप लगायो। पार्टीका प्रवक्ता पवन खेडाले सेबीका सदस्य भएर पनि बुचले आईसीआईसीआईबाट तलब लिन जारी राखेको आरोप लगाएका थिए। यद्यपि, बैंकले यस विषयमा सफाई दिँदै बुचको रिटायरमेन्ट बेनिफिटबाहेक अरु कुनै तलब या ईएसओपी नदिएको बताएको छ।

 

चन्द्राले भने, ‘माधवीले पक्षपात गरिन्’

बुचमाथि आरोप लगाउनेमा जी के फाउण्डर सुभाष चन्द्रा पनि एक हुन्। उनले पुरीमाथि पक्षपात, भ्रष्टाचार र अनैतिक व्यवहारको आरोप लगाएका थिए। यति मात्र होइन, चन्द्राले माधवीलाई जी इन्टरटेन्मेन्ट र सोनी मर्जर सम्झौता टुट्नुको पनि जिम्मेवार ठहराए। चन्द्राले सेबीको कारवाहीका क्रममा १० बलियन डलरको सो सम्झौता टुटेको आरोप लगाएको थियो।

अफिस बन्यो अखडा

बुचले आफ्नो अफिसमा पनि एक युद्ध लड्नु परिरहेको छ। सेबीका अधिकार र कर्मचारीहरुले वित्त मन्त्रालयमा बुचको व्यवहार अनुचित भएको गुनासो गरेका छन्। बुच आफ्नो कर्मचारीहरुमाथि चिच्याउने कराउने र अफिसको वातावरणलाई ‘विषालु’ बनाएको आरोप कर्मचारीहरुले लगाएका छन्। यद्यपि, सेबी बोर्डले बाह्य तत्व सेबीको विश्वसनियतामाथि ठेस पुर्याउनका लागि कर्मचारीहरुका लागि भड्काईरहेको बताएको छ।

(अनुवादित)




comments powered by Disqus

बजार घटेपछि सांसद देखि लगानीकर्ताले भेटे अर्थमन्त्री, ७ सुझाव दिँदै भने-अवैज्ञानिक पूँजीकरण गणनाले बजार घटायाे

Sep 01, 2024 05:14 PM

अवैज्ञानिक पूँजीकरण गणनाले बजारमा गलत सन्देश प्रवाह गरेको भन्दै अर्थमन्त्रीको ध्यानकषर्ण गराइएको छ । आईतबार प्रतिनिधि सभाका सांसद हरि ढकाललगायत ब्रोकर, मर्चेन्ट क्यापिटल र लगानीकर्ताको प्रतिनिधिले अर्थमन्त्रीलाई ७ बुँदे सुझाव बुझाउँदै ध्यान आकर्षण गराएका हुन ।