८ कारोबार दिन यता घट्न थालेको बजार 'क्लोजिङ बेस' मा हेर्ने हो भने १०.१५ प्रतिशतले घटिसकेको छ भने 'इन्ट्रा डे बेस' मा ११.८६ प्रतिशतले ओर्लिएको छ। अन्तर्राष्ट्रिय मान्यता अनुसार तल्लो बिन्दुबाट शेयर बजार मापक सूचकले २० प्रतिशतको वृद्धि कायम गरे 'बुलिस ट्रेन्ड' सुरु भएको मानिन्छ भने माथिल्लो बिन्दुबाट १० प्रतिशत बजार खस्किए 'बियरिस ट्रेन्ड' सुरु भएको मानिन्छ।
यस अर्थमा नेप्से सूचक जसरी आइतबार माथिल्लो बिन्दुबाट १० प्रतिशत खस्कियो। किनकि यस अघि सूचक 'इन्ट्रा डे' मा ३०४८.१५ अंकसम्म उक्लिएको थियो भने आइतबार सूचक २६८६.६२ अंकसम्म ओर्लिएको थियो। त्यस आधारमा हेर्ने हो भने 'इन्ट्रा डे' मा बजार ११.८६ प्रतिशतले घटिसकेको छ भने 'क्लोजिङ बेसिस' मा हेर्ने हो भने सूचकले ३०००.८६ अंकसम्म उक्लिएको थियो भने आइतबार सूचक २६९५.९३ अंकमा बन्द भयो। त्यस आधारमा हेर्ने हो भने सूचक 'क्लोजिङ बेसिस' मा १०.१५ प्रतिशतले घटी सकेको छ।
'इन्ट्रा डे' र 'क्लोजिङ' का आधारमा सूचक 'बियरिस मुड' मा गएको देखिन्छ। तर १० प्रतिशत ओर्लिएपछि शेयर बजार निरन्तर तल्लो बिन्दु उन्मुख भइरहे त्यसलाई 'बियरिस मुड' नै मान्नु पर्छ। तर आउने दिनमा यसले निरन्तरता पाउँछ या पाउँदैन। त्यो भने आउने दिनले नै निर्धारण गर्ने छ। तर आइतबारको कारोबारसम्ममा भने बजार 'बियरिस' हुन खोजेको देखिन्छ।
सूचक त निरन्तर घट्दै नै गइरहेको छ। त्यसका अतिरिक्त कारोबार रकम समेत घट्दै आइरहेको छ। जसले राम्रो सङ्केत गरिरहेको छैन। यद्यपि बजारमा करेक्सन खोज्नेहरूको लागि भने बजारले राम्रो अवसर प्रदान गरिरहेको छ। तर यति बेला बजारमा सेलिङ प्रेसर असाध्यै धेरै देखिन थालेको छ। 'बायर' भन्दा बढी हाबी 'सेलर' देखिन थालेका छन्। यस अघि जसरी शेयर बजारमा बार्गेनिङ बढी हुने गरेको देखिन्थ्यो। पछिल्लो समय त्यो देखिन छाडेको छ। वायरले जति मूल्यमा शेयर मागिरहेका छन्, सोही मूल्यमा शेयर पाइरहेको अवस्था छ।
१० प्रतिशत भन्दा बढीले सूचक खस्किएपछि आइतबार देखि प्यानिक सेल सुरु भएको छ। जब दोस्रो बजारमा प्यानिक सेल सुरु हुन्छ। तब बजारमा पक्कै दबाब पर्छ नै। जुन आइतबारको बजारमा देखियो। तर बजारमा प्यानिक सेल आउन थालेपछि शेयर बिक्री गर्नेले भन्दा बढी खरिद गर्नेले जित्ने गर्छन्। तर धेरै लगानीकर्ता आफ्नो घाटा कम गर्न भन्दै स्टप लसको रणनीतिमा देखिन्छन्। जुन शेयर खरिद गर्ने लगानीकर्ताको लागि अवसर साबित भएपनि बिक्री गर्नेको लागि भने राम्रो ट्रेड मानिँदैन।