३० अर्ब रुपैयाँसम्मको कारोबार भईसकेको बजारमा कारोबार रकममा पनि आइतबारकाे तुलनामा साेमबार केही सुधार भएकाे छ । सोमबारको बजारमा कारोबार सहित सूचकमा उत्साहा देखिएको हो ।
बुल गतिमा रहेको बजारले एक चरणको करेक्सन चक्र पूरा गरेर बढ्न थालेको लगानीकर्ताहरुको अनुमान छ । यद्यपि, एक दिनकै बजार सूचकका आधारमा निष्कर्षमा पुग्न नसकेतापनि भोलिको बजारमा कारोबार रकमसहित बजार सूचक सकारात्मक भएमा राम्रो संकेतको रुपमा लिन सकिने बुझाई छ ।