बजार घटेका अवस्थामा राम्रा कम्पनीको शेयरमूल्य पनि घटेको छ जसले गर्दा यसलाई लगानीकर्ताले खरिद अवसरको रुपमा लिन सक्ने जानकारहरुको बुझाइ छ। बुलिस बजारका आधारहरु अझै कायम रहेकोले पनि शेयर बजार घट्दा लगानीकर्ताको लागि खरिद गर्ने मौका हुनसक्ने लगानीकर्ताहरु बताउँछन्।
नेप्से सूचक उच्च विन्दुबाट अहिले करिब १० प्रतिशत घटिसकेको छ। बजार घट्दा कारोबार रकम पनि घटेर १० अर्बको हाराहारी झरेको छ। उच्च विन्दुमा शेयर बिक्री गरेर नगद लिएर बसेका र बैंकको कर्जा पास गरी शेयर खरिदको लागि तयार अवस्थामा बसेका लगानीकर्ताको लागि अहिले शेयर खरिद गर्ने उपयुक्त अवसर रहेको छ।