बजाजकाे पल्सर एनएस १६० नयाँ फ्लेक्स फ्युल सार्वजनिक

Sep 08, 2024 06:07 PM Merolagani



बजाज अटोले पल्सर एनएस १६० नयाँ फ्लेक्स फ्युल संस्करण सार्वजनिक गरेकाे छ । कम्पनीले पहिलो पटक पेट्रोल नै हाल्नु नपर्ने माेटरसाइकल भारतस्थित इन्डिया बायाे-एनर्जी एण्ड टेक एक्स्पाे २०२४ मा सार्वजनिक गरेकाे हाे ।

याे पूर्ण इथानोलबाट चल्ने मोटरसाइकल हो । फ्लेक्स फ्युल एक वैकल्पिक इन्धन हो । फ्लेक्स फ्युल पेट्रोल, इथानोल वा मिथेनोल जस्ता इन्धनको मिश्रण हो । याे बाइकबाट कम प्रदूषण हुने गर्छ । ई २० फ्लेक्स फ्युलमा ८० प्रतिशत पेट्रोल र २० प्रतिशत इथेनोलको मिश्रण हुन्छ ।

दुई महिना अघि,बजाजले संसारकै पहिलो सिएनजी मोटरसइकल बिक्रीमा ल्याएको थियो । बजाजले ल्याएको सिएनजी फ्रिडम १२५ मा मोटरसाइकलमा पेट्रोल र सिएनजी दुबै फ्यूलबाट चल्ने इन्जिन दिएको थियो । 

अब भने बजाजले एनएस १६० मा पहिलो पटक पूर्ण रूपमा इथानोलबाट चल्ने मोटरसाइकल ल्याउन लागेको हो । इन्डिया बायो इनर्जी एण्ड टेक एक्स्पो २०२४ मा बजाजले पूर्ण रुपमा इथानोलबाट चल्न सक्ने एनएस १६० सार्वजनिक गरेको हो । यद्धपी यस बाइकका बारेमा भने थप जानकारी दिइएकाे छैन ।

यसअघि, भारतमा कैयाैं कम्पनीले २० प्रतिशत इथानोल र ८० प्रतिशत पेट्रोलबाट चल्ने मोटरसाइकल सार्वजनिक गरिसकेका छन् ।

साेहि अनुरूप बजाजले पनि ब्राजियलन बजारमा पूर्ण रुपमा इथानोलबाट चल्ने एनएस १६० बिक्री गरिरहेकाे छ । यो मोटरसाइकलमा फ्यूल स्टोरेज र फ्यूल डेलिभरी सिस्टमबाहेक खासै केहि फरक छैन । यस माेटरसाइकलमा १६०.३ सीसी सिंगल सिलिन्डर, भोर भल्भ इन्जिन रहेकाे छ । यो बाइकमा १७.२ पीएस पावर र १४.६ एनएम टर्क पाउन सकिने कम्पनीले जनाएकाे छ । सस्पेन्सन सेटअपमा टेलिस्कोपिक फोर्क्स र मोनोसक समावेश छ । यसैगरी, ब्रेकमा भने ३०० एमएम फ्रन्ट डिस्क ब्रेक र २३० एमएम रियर डिस्क ब्रेक प्रयोग गरिएको छ ।




comments powered by Disqus

एभरेष्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति?

Sep 06, 2024 01:45 PM

एभरेष्ट बैंक लिमिटेड (EBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको १५.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।