हकप्रद निष्काशनको प्रस्ताव पारित गर्न बाराही हाइड्रोपावरले डाक्यो साधारण सभा

Sep 09, 2024 10:27 AM Merolagani



बाराही हाइड्रोपावर लिमिटेड (BHPL) ले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ।

कम्पनीले असोज १८ गते, शुक्रबार, गौरव इभेन्ट्स, गौतम प्लाजा, स्युचाटार, सालिकचोक, काठमाडौँमा नवौँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ८ बजे शुरु हुनेछ।

कम्पनीले १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न विद्युत नियमन आयोगबाट स्वीकृती प्राप्त गरिसकेको छ। सो सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव सो सभाले पारित गर्नेछ। त्यस्तै, सभाले लेखापरीक्षक नियुक्त गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले असोज १० गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार असोज ९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।




comments powered by Disqus

२० प्रतिशतभन्दा धेरैले बजार मूल्य झरेका कम्पनीहरु चिन्नुहोस, अबको ‘बाइ लिष्ट’ मा यस्तै कम्पनी राख्ने कि ? सूचीसहित

Sep 10, 2024 06:37 PM

साउनको अन्तिम कारोबार दिन साउन ३१ गते अर्थात अगष्ट १५ मा पछिल्लो स्वीङ हाई ३ हजार बनाएको नेप्से परिसूचक पछिल्लो समय लगातार घट्दो ट्रेन्डमा छ ।