जग्गा कित्ताकाट खुलाउने सरकारको निर्णय

Sep 10, 2024 07:00 AM Merolagani



मन्त्रिपरिषद बैठकले जग्गा कित्ताकाट खुलाउने निर्णय गरेको छ। सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो।

अधिकांश स्थानिय सरकारले भूउपयोग नीति नबनाउँदा कित्ताकाट रोकिएर समस्या सिर्जना भएपछि एक वर्षको समय सीमा दिएर सबै पालिकाहरुलाई जग्गा वर्गीकरण गर्न निर्देशन दिएको थियो। जसलाई अधिकांशले पालना नगरेपछि समस्या सिर्जना भएको थियो।

भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अधिकारीका अनुसार सरकारले पुनः पालिकाहरुलाई जग्गा वर्गीकरणको समय थप गर्न भू–उपयोग (पहिलो संशोधन) नियमावली, २०८० संशोधन गर्ने तयारी गरेको हो।




comments powered by Disqus

२० प्रतिशतभन्दा धेरैले बजार मूल्य झरेका कम्पनीहरु चिन्नुहोस, अबको ‘बाइ लिष्ट’ मा यस्तै कम्पनी राख्ने कि ? सूचीसहित

Sep 10, 2024 06:37 PM

साउनको अन्तिम कारोबार दिन साउन ३१ गते अर्थात अगष्ट १५ मा पछिल्लो स्वीङ हाई ३ हजार बनाएको नेप्से परिसूचक पछिल्लो समय लगातार घट्दो ट्रेन्डमा छ ।