नेप्सेमा सूचीकृत यी हुन् सबैभन्दा बढी रिटर्न भएका ४ दर्जन कम्पनी

Sep 08, 2024 11:08 AM Merolagani



नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीहरुमा अधिकाँश कम्पनीको रिटर्न एकदमै कम छ। धेरै कम्पनीको रिटर्न १० प्रतिशत भन्दा पनि कम छ।

अहिले कम रिटर्न भएकै कम्पनीमा लगानीकर्ताको आकर्षण देखिन्छ भने त्यस्ता कम्पनीको शेयरमूल्य उच्च दरमा बढाइएको देखिन्छ। तर त्यस्ता कम्पनीबाट लगानीकर्ताले छोटो समयमा पूँजीगत लाभ लिन सफल भए पनि दीर्घकालिन रुपमा कम्पनीबाट पाउने प्रतिफल भने निकै कम रहन्छ।

बढी प्रतिफल दिने कम्पनीहरु नभएको कारण पनि नेपालको शेयर बजारमा लगानीकर्ताहरु पूँजीगत लाभमा बढी केन्द्रित हुने गरेको विष्लेषण लगानीकर्ताहरुले गर्ने गरेका छन्। यसले गर्दा पनि नेप्सेमा सूचीकृत खराब कम्पनीको शेयरमूल्य पनि उच्च दरमा बढ्ने गरेको छ।

तर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका ४ दर्जन कम्पनीको रिजर्न अन इक्विटी ११ प्रतिशतभन्दा माथि देखिएको छ। कम्पनीले कुनै एक आर्थिक वर्षमा गरेको कुल आम्दानीलाई शेयरधनीले पूँजीले भाग गरी लगानीमा प्रतिफल निकालिन्छ। यस्तो प्रतिफल ४ दर्जनभन्दा बढी कम्पनीको राम्रो देखिएको छ।

  • धेरै रिटर्न भएका कम्पनीहरु

कम्पनीहरुले प्रकाशित गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार सोल्टी होटलको रिटर्न अन इक्विटी सबैभन्दा धेरै २५.४५ प्रतिशत रहेको छ भने नेपाल इन्स्योरेन्सको २०.३१ प्रतिशत, महिला लघुवित्तको १८.५९ प्रतिशत र तारागाँउ रिजेन्सी होटलको १८.०२ प्रतिशत रहेको छ।

यसैगरी गुँरास लघुवित्तको १७.४८ प्रतिशत छ भने नेरुडे मिर्मिरे लघुवित्तको १६.४५ प्रतिशत र स्टयान्डर्ड चार्टर्ड बैंकको १५ प्रतिशत रहेको छ।

लगानीकर्ताले बढी रिटर्न भएका कम्पनीहरुमा लगानी गर्दा त्यस्ता कम्पनीबाट दीर्घकालमा बढी प्रतिफल पाउने सम्भावना रहन्छ। अझ रिटर्न अन इक्विटि बढ्दै गएका कम्पनीहरुमा लगानी गर्नु उपयुक्त मानिन्छ।

 




comments powered by Disqus

एभरेष्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति?

Sep 06, 2024 01:45 PM

एभरेष्ट बैंक लिमिटेड (EBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको १५.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।