सानिमा इक्विटी फण्डको इकाईमूल्य समायोजन

Sep 11, 2024 06:29 AM Merolagani



भदौ २६ गते, बुधबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सानिमा इक्विटी फण्ड (SAEF) को इकाईमूल्य समायोजन भएको छ। प्रतिफल वितरण प्रयोजनार्थ फण्डले बुकक्लोज गरेसँगै नेप्सेले इकाईमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले यस दिन फण्डको १५ प्रतिशत नगद लाभांश समायोजन गरेको हो। समायोजनपश्चात फण्डको इकाईमूल्य १० रुपैयाँ ९० पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा फण्डको इकाईमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात मंगलबार, दोस्रो बजारमा फण्डको इकाई १२ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको थियो।

यही समायोजित मूल्यलाई आधार मानेर यस दिन दोस्रो बजारमा फण्डको कारोबार खुल्नेछ।




comments powered by Disqus

नेप्सेमा Falling Wedge Pattern: बुलिश सिग्नलको उदय

Sep 12, 2024 02:58 PM

हालै बजारमा FALSE Head and Shoulders जस्तो तर्साउने प्याटर्न देखिएपछि,नयाँ एक आशावादी प्याटर्न देखा परेको छ, जसलाई Falling Wedge प्याटर्न भनिन्छ। यो क्लासिक बुलिश (बजार उकालो जाने) प्याटर्न आशाको किरण मात्र होइन; यो आगामी बजारको माथिल्लो चालको संकेत पनि हो, साथै बजारमा लगानी गरेर उत्कृष्ट नाफा कमाउने अवसर पनि हो ।