Mon, Sep 16, 2024
भदौ २८ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एनआईसी एशिया सेलेक्ट ३० (NICSF) को इकाईमूल्य समायोजन भएको छ। लाभांश वितरण प्रयोजनार्थ फण्डले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
नेप्सेले फण्डको १४ प्रतिशत नगद लाभांश समायोजन गरेको हो। समायोजनपश्चात फण्डको इकाईमूल्य ९ रुपैयाँ ८५ पैसा निर्धारण भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा फण्डको इकाईमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार फण्डको इकाई ११ रुपैयाँ २५ पैसामा अन्तिम कारोबार भएको थियो। यही समायोजित मूल्यलाई आधार मानेर आइतबार दोस्रो बजारमा फण्डको कारोबार खुल्नेछ।
नेप्सेले फण्डको १४ प्रतिशत नगद लाभांश समायोजन गरेको हो। समायोजनपश्चात फण्डको इकाईमूल्य ९ रुपैयाँ ८५ पैसा निर्धारण भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा फण्डको इकाईमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार फण्डको इकाई ११ रुपैयाँ २५ पैसामा अन्तिम कारोबार भएको थियो।
यही समायोजित मूल्यलाई आधार मानेर आइतबार दोस्रो बजारमा फण्डको कारोबार खुल्नेछ।
हालै बजारमा FALSE Head and Shoulders जस्तो तर्साउने प्याटर्न देखिएपछि,नयाँ एक आशावादी प्याटर्न देखा परेको छ, जसलाई Falling Wedge प्याटर्न भनिन्छ। यो क्लासिक बुलिश (बजार उकालो जाने) प्याटर्न आशाको किरण मात्र होइन; यो आगामी बजारको माथिल्लो चालको संकेत पनि हो, साथै बजारमा लगानी गरेर उत्कृष्ट नाफा कमाउने अवसर पनि हो ।