ह्वावेले अहिलेसम्मकै ठूलो स्क्रिन भएको विश्वको पहिलो ट्रिपल फोल्ड फोन ल्यायाे, कति पर्छ मूल्य ?

Sep 11, 2024 08:29 PM Merolagani



चिनियाँ फोन निर्माता कम्पनी ह्वावेले विश्वको पहिलो ट्रिपल फोल्ड लन्च गरेको छ । एप्पलले आईफोन १६ सिरिज लञ्च कार्यक्रम गरेकै भोलिपल्ट ह्वावेले आफ्नो नयाँ फोन सार्वजनिक गरेको हाे। कम्पनीले यो ट्राइ फोल्ड फोनमा १०.२ इन्चको स्क्रिन दिएको छ ।

कम्पनीले यो फोनमा अहिलेसम्मकै सबैभन्दा ठूलो स्क्रिन भएको दाबी गरेको छ । ह्वावेका अनुसार यो फोन कैयाैं दिशामा घुमाउन सकिने र यसको डिस्प्ले पनि निकै लचिलो अथवा फ्लेग्जीबल बनाइएको छ ।

ह्वावे मेट एक्सटी अल्टिमेटकाे मूल्य

ह्वावेका अनुसार यो ट्राइफोल्ड फोनको मूल्य १९ हजार ९९९ युआन आर्थत् करिब तीन लाख ७७ हजार रुपैयाँ बढी तोकिएको छ। यसमा १६ जीबी र्याम र २५६ जीबी इन्टरनल स्टोरेज छ। साेहि समयमा, ५१२ र १ टीबी स्टाेरेज भएका मोडेलहरूको मूल्य क्रमशः करिब २१ हजार ९९९ युआन र २३ हजार ९९९ युआन  ताेकिएको छ । यो फोनको बिक्री चीनमा २०२४काे सेप्टेम्बर २० देखि सुरु हुने भएकाे छ। कम्पनीले यो फोन डार्क ब्ल्याक र कटन रेड कलरमा लन्च गरेको छ ।

यस्ता छन् सुविधा

ह्वावेको नयाँ ट्राइफोल्ड फोनमा धेरै सुविधाहरू प्रदान गरिएको छ। ओएलईडी स्क्रिनको साथ यस फोनमा अल्टिमेट डिजाइन देख्न पाइने भएकाे छ। यो शक्तिशाली फोनमा हारमनी ओएस ४.२ आउट अफ द बक्स दिइएकाे छ। फोन फोल्ड गरी प्रयोग गरिसकेपछि ६.४ इन्चको स्क्रिन रहनेछ। साेहि समयमा, दुई पटक फोल्ड गरेपछि, यसको स्क्रिन ७.९ इन्च हुन्छ। यो फोनले धेरै राम्रो प्रदर्शन गर्ने कम्पनीकाे दावी रहेको छ ।

ह्वावे मेट एक्सटी अल्टिमेटमा यस्ता क्यामरा पाइने

चिनियाँ फोन कम्पनी ह्वावेको यो फोनको पछाडि ट्रिपल क्यामेरा पाइनेछ । फोनमा ४८ एमपी प्राइमरी क्यामेरा, १२ एमपी अल्ट्रावाइड क्यामेरा र १२ एमपी टेलिफोटो लेन्स छ। यसैगरी, फोनको अगाडि ८ एमपी सेल्फी क्यामरा प्रदान गरिएको छ। ह्वावेले पञ्च होल कटआउट भएको सेल्फी क्यामरा ल्याएको छ ।

ब्याट्री लाइफ कति ?

ह्वावेको ट्राइफाेल्ड फोनमा शक्तिशाली ब्याट्री पाइनेछ। कम्पनीले यसमा ५६०० mah ब्याट्री दिएको छ, जुन सजिलै दिनभर टिक्नेछ । फोनको ब्याट्री ३.६ एमएम पातलो राखिएको कम्पनीले दावी गरेको छ । विश्वको पहिलो ट्राइफोल्ड फोनमा सिलिकन कार्बन ब्याट्री छ. यसमा ६६ वाटको फास्ट चार्जर उपलब्ध रहेकाे छ। ह्वावे कम्पनीले फोनसँगै ५० वाटको वायरलेस चार्जर पनि उपलब्ध गराएको छ ।

ह्वावेकाे याे फाेन ३० लाख बढीले गरे प्रिअर्डर 

ह्वावेको ट्राइफोल्ड फोनमा फाइभजी सपोर्ट, जीपीएस, ब्लुटुथ, वाइफाइ, एनएफसी, यूएसबी टाइप सी पोर्टको साथ साइड माउन्टेड फिंगरप्रिन्ट सेन्सर दिइनेछ।

चिनियाँ प्रविधि कम्पनीकाे याे स्मार्टफोन 'Mate XT Ultimate' ३० लाख बढीले प्रिअर्डर गरिसकेका छन् । यो तथ्याङ्क आईफोन १६ लञ्च गर्नु अघिको हो । याे स्मार्टफोनलाई ईकमर्स प्लाटफर्म भीमेल डटकमबाट ३० लाखभन्दा बढीले प्रिअर्डर गरिएकाे हाे ।

एजेन्सी ।




comments powered by Disqus

२० प्रतिशतभन्दा धेरैले बजार मूल्य झरेका कम्पनीहरु चिन्नुहोस, अबको ‘बाइ लिष्ट’ मा यस्तै कम्पनी राख्ने कि ? सूचीसहित

Sep 10, 2024 06:37 PM

साउनको अन्तिम कारोबार दिन साउन ३१ गते अर्थात अगष्ट १५ मा पछिल्लो स्वीङ हाई ३ हजार बनाएको नेप्से परिसूचक पछिल्लो समय लगातार घट्दो ट्रेन्डमा छ ।