घरको ढोका नखोलेपछि भर्याङ लगाएर प्रहरीले दुर्गा प्रसाईंलाई गर्यो पक्राउ

Sep 22, 2024 04:16 PM mero lagani



साइबर अपराधको मुद्दामा मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । प्रसाई नेपाल प्रहरीको साइबर व्युरोबाट पक्राउ गर्न गएको प्रहरी टोलीलाई भित्र छिर्न नदिई ढोका बन्द गरेर बसेका थिए । 

त्यसक्रममा ढोका नखोली भित्रबाट अपशब्द प्रयोग गरेपछि भर्‍याङ लगाएर घरको कम्पाउण्डमा प्रवेश गरेको थियो । त्यसक्रममा हातपातमा उत्रिएका प्रसाईंका अंगरक्षकलाई नियन्त्रणमा लिइएको थियो ।

प्रसाईसहित उनीसँगै रहने युट्युवरहरु प्रकाशचन्द्र दाहाल र जीवन पाण्डेविरुद्ध साइबर ब्युरोमा परेको उजुरीका आधारमा प्रहरीले गत साता नै जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको थियो । रास्वपा केन्द्रीय सदस्य टीका संग्रौलालगायत पीडित महिलाले उनीहरुविरुद्ध साइबर व्युरोमा जाहेरी दिएका थिए ।


विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने, बेश्यावृति गरेको आरोप लगाउने तथा आपत्तिजनक अभिव्यक्ति दिने गरेको भन्दै उजुरी परेपछि अदालतको अनुमतिमा पक्राउ गर्नुपरेको प्रहरीले जनाएको छ ।

 




comments powered by Disqus

नेप्से पुगेर अर्थमन्त्री पौडेलले भने "३००० पुगेको सूचक किन फेरि २५०० मा आयो जवाफ चाहान्छु"

Sep 18, 2024 04:34 PM

अर्थमन्त्री विष्णु पौडेलले नेपाल स्टक एक्सचेञ्ज पुगेर पछिल्लो समय बजार घट्नुको कारण खोजेका छन्। उनले ३००० पुगेको नेप्से अहिले २५०० मा झरेको भन्दै त्यसको कारण खोजी गरेका हुन्।