टेवा क्षेत्रमा एनएलजी इन्स्योरेन्स, हेरौँ कम्पनी विश्लेषण

Oct 05, 2024 06:11 PM Merolagani



यस साता १२ उपसमूहको परिसूचक बढेका छन्। जसमध्ये निर्जीवन बीमा उपसमूहको परिसूचक १.८१ प्रतिशत बढेको छ। गत साता १२,५९२.२१ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता २२८.४३ अंक बढेर १२,८२०.६४ विन्दुमा पुगेको छ।

सोही उपसमूहका कम्पनीहरुमध्ये एक हो, एनएलजी इन्स्योरेन्स (NLG) ।

यस साता इन्स्योरेन्सको शेयरमूल्य ५ रुपैयाँ घटेको छ। गत साता १ हजार ३१५ रुपैयाँमा अन्तिम कारोबार भएको यस इन्स्योरेन्सको शेयर, यस साता १ हजार ३१० रुपैयाँमा अन्तिम कारोबार भएको छ।

 

टेवा क्षेत्रमा

साताको अन्तिम कारोबार दिन इन्स्योरेन्सको शेयरमूल्य घटेर टेवा क्षेत्रमा झरेको छ। हाल इन्स्योरेन्सको टेवा क्षेत्र १ हजार ३०० देखि १ हजार ३३० सम्म रहेको छ। आगामी कारोबार दिन इन्स्योरेन्सको शेयरमूल्य उकालो लागेमा १ हजार ४३५ देखि १ हजार ४६५ को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

बिक्रीकर्ता हाबी

साप्ताहिक रुपमा यस साता इन्स्योरेन्सको शेयरमूल्यले लामो टुप्पी र छोटो पुच्छर भएको रातो मैनबत्ती बनाएको छ। त्यस्तै, साताको अन्तिम कारोबार दिन इन्स्योरेन्सको शेयरमूल्यले बियरिश मैनबत्ती बनाएको छ। यसले सो साता र सो कारोबार दिन इन्स्योरेन्सको शेयरमा बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ।

कमजोर भोल्यूम

शेयरमूल्यसँगै यस साता इन्स्योरेन्सको भोल्यूम पनि घटेको छ। यस साता दैनिक औषतमा इन्स्योरेन्सको १ लाख २० हजार ५५७ कित्ता शेयर खरिदबिक्री भएको छ। साताको अन्तिम कारोबार दिन इन्स्योरेन्सको २० दिने औषत भोल्यूम १ लाख ३९ हजार १४७ कित्ता रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा यस साताको दैनिक औषत भोल्यूम १३.६० प्रतिशत कम हो।

बियरिश प्रवृत्ति

यस साता इन्स्योरेन्सको एमएसिडी रेखा सिग्नल रेखाभन्दा तल रहेको छ र यी दुई बीचको दूरी फराकिलो हुँदै गइरहेको छ। त्यसैगरी, इन्स्योरेन्सको हिस्टोग्राम पनि शून्य रेखाभन्दा तल बढ्दो क्रममा रहेको छ। यसले इन्स्योरेन्सको शेयर अहिले बियरिश प्रवृत्तिमा रहेको संकेत गर्दछ।

खरिदबिक्री चाप सन्तुलनमा

यस साता स्टकास्टिक आरएसआईमा इन्स्योरेन्स न्यूट्रल जोनमा रहेको छ। यसले बजारमा इन्स्योरेन्सको शेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

वित्तीय अवस्था

इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २५ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। सो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधि तुलनामा २१.७७ प्रतिशत बढी हो। अघिल्लो वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले २० करोड ८० लाख रुपैयाँ नाफा कमाएको थियो।

कम्पनीको खुद बीमाशुल्क आम्दानीसँगै लगानी तथा कर्जाबाट हुने आम्दानी बढ्दा खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क आम्दानी १.८८ प्रतिशत बढेको छ भने लगानी तथा कर्जाबाट हुने आम्दानी ६.१३ प्रतिशतले बढेको छ।

१ अर्ब ५३ करोड ९५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको जगेडा कोषमा १ अर्ब ७३ करोड १ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी बढेर १६ रुपैयाँ ४६ पैसा रहेको छ भने बुकभ्यालु २१२ रुपैयाँ ३८ पैसा रहेको छ। साताको अन्तिम कारोबार मूल्य अनुसार इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ७९.५९ गुणा रहेको छ भने प्रतिशेयर बुकभ्यालु ६.१७ गुणा रहेको छ।

आधारभूत विश्लेषण

हाल नेप्सेमा इन्स्योरेन्सको १ करोड ५३ लाख ९५ हजार ३५९.६० कित्ता शेयर सूचीकृत छ। इन्स्योरेन्सको १८० दिने औषत मूल्य ९१३ रुपैयाँ ६४ पैसा रहेको छ। त्यसैगरी, इन्स्योरेन्सको ५२ हप्ताको उच्च मूल्य १ हजार ३८२ रुपैयाँ रहेको छ भने न्यून मूल्य ६६१ रुपैयाँ ५० पैसा रहेको छ। साताको अन्तिम कारोबार दिनको मूल्य अनुसार इन्स्योरेन्सको कुल बजार पूँजीकरण २० अर्ब १६ करोड ७९ लाख २१ हजार ७६ रुपैयाँ रहेको छ।

ब्रोकर नम्बर ५५ बाट सर्वाधिक खरिदबिक्री

यस साता ब्रोकर नम्बर ५५ ले इन्स्योरेन्सको सबैभन्दा बढी २ लाख ३५ हजार ३८१ कित्ता शेयर खरिद गरेको छ। त्यसैगरी, ब्रोकर नम्बर ६५ ले करिब साढे २१ हजार कित्ता र ६ ले करिब १७ हजार कित्ता शेयर खरिद गरेको छ। इन्स्योरेन्सको शेयर सर्वाधिक बिक्री गर्नेमा पनि ब्रोकर नम्बर ५५ नै रहेको छ। सो ब्रोकरले यस साता इन्स्योरेन्सको १ लाख १८ हजार ४८१ कित्ता शेयर बिक्री गरेको छ।

मूल्य बढ्ने अपेक्षा

फियर एण्ड ग्रीड मिटरमा इन्स्योरेन्स अहिले एक्सट्रिम ग्रीड जोनबाट ग्रीड जोनतर्फ गइरहेको देखिन्छ। यसले लगानीकर्ताहरु इन्स्योरेन्सको शेयरमूल्य बढ्छ भन्ने अपेक्षा केही कम हुँदै गएको संकेत गर्दछ।

(प्राविधिक विश्लेषणमा प्रयोग गरिएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग गरिएका चित्रहरु मेरोलगानी डाटा एनालाइटिक्सबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




comments powered by Disqus

आइतबार देखि नयाँ टिएमएस फुलफ्लेजमा सञ्चालनमा आउँदै, कुन ब्रोकर कम्पनीले दिँदै छ सुविधा ?

Oct 04, 2024 01:33 PM

शेयर बजारका लगानीकर्ताले नयाँ टिएमएसबाट शेयर किन/बेच गर्न पाउने सपना आइतबार देखि पुरा हुने भएको छ। ब्रोकर नम्बर ३६ सेक्यूर्ड सेक्युरिटिजले आइतबारदेखि नयाँ टिएमएस फुलफ्लेजमा सञ्चालनमा ल्याउने भएको हो।