रिलायन्स फाइनास लिमिटेड र लुम्बिनी लायन्सबीच एनपीयल २०८१ प्रायोजनकाे सम्झौता

Dec 01, 2024 01:34 PM Merolagani



रिलायन्स फाइनास लिमिटेड(RLFL)ले नेपाल प्रिमियर लिग (एनपीएल)को लुम्बिनी लायन्स फ्रेन्चाइजसँग प्रायोजन सझौता गरेको छ। रिलायन्स फाइनासले लुम्बिनी लायन्ससँग आधिकारिक वित्तिय साझेदारको रूपमा सहभागिता जनाउने छ।

उक्त सम्झौतापत्रमा रिलायन्स फाइनान्सका सीईओ समाजप्रकाश श्रेष्ठ र लुम्बिनी लायन्सका क्रिकेट म्यानेजर राजजंग थापाको उपस्थितिमा हस्ताक्षर गरिएको थियो। "यस साझेदारीले रिलायन्स फाइनासको नेपाली खेलकुदको विकास र वृद्धिमा योगदान दिने बचनबद्धतालाई उजागर गर्छ," रिलायन्स फाइनासका सीईओ, समाजप्रकाश श्रेष्ठले प्रस्ट पारे। लुम्बिनी लायन्स फ्रेन्चाइजको नेतृत्व नेपाल राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले गर्दैछन्। यस टाेलीमा अनभुवी र प्रतिभाशाली  अन्तरराष्ट्रिय खेलाडीहरूको समहूलाई समेटेको छ।

फ्रेन्चाइजको सबभैन्दा ठूलो विदेशी खेलाडी आईपीएल २०१६ को फाइनलका स्टार बेन कटिङ्ग हुन् । उनसले विराट कोहलीको आरसीबीलाई पराजित गरेका थिए। यसका साथै, भारतका यू-१९ विश्वकप विजेता कप्तान उन्मुक्त चन्द, इंग्ल्याण्डका उदाउँदो स्टार टम मूरस, क्यानडाका कप्तान साद बिन जफर र वेस्ट इन्जिनका रामोन सिस्मन्ड्स फ्रेन्चाइजका प्रमुख विदेशी खेलाडीहरू हुन्। फ्रेन्चाइजका राष्ट्रिय खेलाडीहरूमा बिबेक यादव, सन्दिप जोरा र सूर्या तामाङ रहेका छन् ।

नेपाल प्रिमियर लिगमा आठ वटा फ्रेन्चाइज भाग लिएका छन् र प्रतियाेगिता २०२४काे नोभेबर ३०मा सुरू भइसकेकाे छ।लुम्बिनी लायन्सले २०२४काे डिसेम्बर ४ मा विराटनगर पहिलाे खेल खेल्नेछ ।




comments powered by Disqus

शेयर बजार सम्बन्धी मन्त्रिपरिषद् बैठकका दुई महत्वपूर्ण निर्णय

Dec 22, 2024 05:09 PM

पुस ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले शेयर बजार सम्बन्धी दुई महत्वपूर्ण निर्णय गरेकाे छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका निर्णय आइतबार सार्बजनिक गरेका हुन् ।