ट्रेन्डिङ शेयरमा खतरा कति ?

Dec 01, 2024 05:50 PM Merolagani



नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो मौद्रिक नीति समीक्षा गरेकाे छ । समीक्षा मार्फत अपेक्षित नीतिगत परिमार्जन नहुँदा आईतबारको बजारमा दवाव सिर्जना भएको लगानीकर्ताको बुझाई छ ।

आईतबारको बजार ९.९९ अंकले घटेर २७३८.०६ विन्दुमा पुगेको छ । समीक्षा मार्फत थप लचकताको अपेक्षा राखेका लगानीकर्ताहरु असन्तुष्ट हुँदा बजार घटेको हो । समीक्षा मार्फत शेयर धितो कर्जामा जोखिमभार घटाउन र व्यक्तिगततर्फ १५ करोडको क्याप हटाउनु पर्ने माग लगानीकर्ताको थियो ।

पछिल्लाे समय बजारमा लगानीकर्ताहरु कम पूँजी भएका कम्पनीतर्फ आकर्षित भएका छन् । बजारमा चलाउन सकिने कम्पनीहरुकाे शेयर (ट्रेन्डिङ शेयर) रोजाईमा पर्ने गरेको छ । यसरी कम्पनीको व्यवसायिक पक्षलाई नहेरी अन्धाधुन्द शेयर मूल्य वृद्धि हुँदा लगानी जोखिम बढेकाे जानकारहरुको बुझाई छ । लगानीकर्ताले दोस्रो बजारमा लगानी गर्नु पूर्व कम्पनीको अवस्थालाई हेरेर लगानी गर्नुपर्ने देखिन्छ ।

 

 




comments powered by Disqus

५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 24, 2024 07:16 AM

पुस ९ गते, मंगलबार, ५ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन माउन्टेन इनर्जी नेपाल, कुथेली बुखरी स्मल हाइड्रोपावर, मञ्जुश्री फाइनान्स, आरएसडिसी लघुवित्त र मिथिला लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।