मञ्जुश्री फाइनान्सको नगद लाभांश घोषणा

Dec 09, 2024 10:19 AM Merolagani



मञ्जुश्री फाइनान्स (MFIL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको छ।

फाइनान्सले हाल कायम चुक्ता पूँजीको ६.३५ प्रतिशत (कर प्रयोजनार्थ सहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

मंसिर २३ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले सो दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।




comments powered by Disqus

बैंकहरुको ब्याजदर घट्यो कि बढ्यो? कुनै बैंकले कति दिन्छ ब्याज?

Dec 15, 2024 07:52 AM

वाणिज्य बैंकहरुले पुस महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। सूचना अनुसार केही बैंकहरुले ब्याजदर मंसिरको तुलनामा बढाएका छन्, केहीले घटाएका छन् भने अधिकांशले मंसिरकै ब्याजदरलाई निरन्तरता दिएका छन्।