शिवम् सिमेन्टको लाभांश घोषणा, बुकक्लोज कहिले?

Dec 16, 2024 10:11 AM Merolagani



शिवम् सिमेन्ट लिमिटेड (SHIVM) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ८.५५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

मंसिर २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

यसका साथै सो बैठकले पुस २९ गते, सोमबार, राष्ट्रिय सभा गृह, भुकृटीमण्डप, काठमाडौँमा साधारण सभा बोलाउने निर्णय पनि गरेको छ। सो सभा बिहान ९ बजे शुरु हुनेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।




comments powered by Disqus

सेबोनले कारोबारको विवरण माग्न थालेपछि ठूला लगानीकर्ता त्रसित, सूचकमा पहिरो, ठूलो शेयर डिमाण्डमा समेत अंकुश ?

Dec 17, 2024 06:17 AM

नेपाल धितोपत्र बोर्डले लगानीकर्ताको कारोबार विवरण माग्न थालेपछि ठूला लगानीकर्ता त्रसित बनेका छन्।