चिलिमे हाइड्रोपावरको लाभांश घोषणा

Dec 17, 2024 10:15 AM Merolagani



चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड (CHCL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये १० प्रतिशत बोनस शेयर रहेको छ भने २ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) रहेको छ।

पुस १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

सो लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २८ गते साधारण सभा बोलाएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १६ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।




comments powered by Disqus

सेबोनले कारोबारको विवरण माग्न थालेपछि ठूला लगानीकर्ता त्रसित, सूचकमा पहिरो, ठूलो शेयर डिमाण्डमा समेत अंकुश ?

Dec 17, 2024 06:17 AM

नेपाल धितोपत्र बोर्डले लगानीकर्ताको कारोबार विवरण माग्न थालेपछि ठूला लगानीकर्ता त्रसित बनेका छन्।