डलरको मूल्यले फेरी बनायो नयाँ रेकर्ड

Dec 17, 2024 06:55 AM Merolagani



पुस २ गते, मंगलबार, नेपाली बजारमा डलरको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ। यस दिन डलरको मूल्यले मंसिर २८ गतेको रेकर्डलाई तोडेर नयाँ रेकर्ड बनाएको हो।

नेपाल राष्ट्र बैंकका अनुसार यस दिन डलरको बिक्रीदर १३६ रुपैयाँ ९ पैसा रहेको छ भने खरिददर १३५ रुपैयाँ ४९ पैसा रहेको छ। मंसिर २८ गते, डलरको यस्तो दर क्रमशः १३६ रुपैयाँ ८ पैसा र १३५ रुपैयाँ ४८ पैसा थियो। सो दिनको तुलनामा यस दिन एक पैसाले बढेर डलरको मूल्यले नयाँ रेकर्ड बनाएको हो।

त्यसैगरी, यस दिन युरोपियन युरो एकको खरिदमा भने १४२ रुपैयाँ १३ पैसा र बिक्रीमा १४२ रुपैयाँ ७६ पैसा पाइन्छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७१ रुपैयाँ ४० पैसा र बिक्रीदर १७२ रुपैयाँ १६ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर आज ८६ रुपैयाँ ८ पैसा र बिक्रीदर ८६ रुपैयाँ ४६ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९५ रुपैयाँ १५ पैसा र बिक्रीमा ९५ रुपैयाँ ५६ पैसा पाइन्छ।

यस दिन कतारी रियाल एकको खरिदमा ३७ रुपैयाँ १७ पैसा र बिक्रीमा ३७ रुपैयाँ ३३ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३६ रुपैयाँ ७ पैसा र बिक्रीदर ३६ रुपैयाँ २२ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ ८९ पैसा र बिक्रीमा ३७ रुपैयाँ ५ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा यस दिन ३० रुपैयाँ ४३ पैसा र बिक्रीमा ३० रुपैयाँ ५६ पैसा पाइन्छ।




comments powered by Disqus

महुली लघुवित्तको एफपीओ बाँडफाँट

Jan 03, 2025 10:54 AM

पुस १९ गते, शुक्रबार महुली लघुवित्त वित्तीय संस्था लिमिटेड (MSLB) को एफपीओ बाँडफाँट भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा एफपीओ बाँडफाँट भएको हो।