प्रि ओपन सेसन अपडेटः १ अंक घट्यो नेप्से

Dec 23, 2024 10:55 AM Merolagani



साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंक घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात आइतबार १३.५३ अंक घटेर २५८३.२९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १ अंक घटेर २५८२.२८ विन्दुमा झरेको छ। त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.२० अंक घटेको छ।

सोमबार प्रि ओपन सेसनमा ३७ स्टकको ६५ पटकको कारोबारमा २१ लाख ९० हजार २८ रुपैयाँ ३० पैसाबराबरको ४ हजार १४६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ९ स्टकको मूल्य बढेको छ भने २१ स्टकको मूल्य घटेको छ। बाँकी ७ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




comments powered by Disqus

महुली लघुवित्तको एफपीओ बाँडफाँट

Jan 03, 2025 10:54 AM

पुस १९ गते, शुक्रबार महुली लघुवित्त वित्तीय संस्था लिमिटेड (MSLB) को एफपीओ बाँडफाँट भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा एफपीओ बाँडफाँट भएको हो।