यस दिन नेप्सेले इन्स्योरेन्सको २५ प्रतिशत हकप्रद शेयर समायोजन गरेको हो । समायोजन पश्चात इन्स्योरेन्सको शेयर मूल्य प्रति कित्ता ७७१ रुपैयाँ १२ पैसा कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको शेयर मूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात मंगलबार, दोस्रो बजारमा इन्स्योरेन्सको शेयर प्रतिकित्ता ९३८ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको थियो।
यही समायोजित मूल्यलाई आधार मानेर माघ २० गते आईतबारको दोस्रो बजारमा इन्स्योरेन्सको शेयर कारोबार खुल्नेछ ।
इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजी २ अर्ब १ करोड २३ लाख ६० हजार ६१९ रुपैयाँको २५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले हाल कायम ४ कित्ता बराबर नयाँ १ कित्ता अनुपातमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँ बराबरको ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।