शिखर इन्स्योरेन्सको लाभांश घोषणा

Jan 31, 2025 12:19 PM Merolagani



शिखर इन्स्योरेन्स (SICL) ले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको माघ १५ गते बसेको बैठकले मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले सेयरधनीहरुलाई १०% बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।  

इन्सुरेन्सले हाल कायम २ अर्ब ६५ करोड ४९ लाख ४७ हजार रुपैयाँ चुक्ता पुँजीमा उक्त बोनस सेयर वितरण गर्न लागेको हो ।

२६ करोड ५४ लाख ९४ हजार ७३० रुपैयाँ बराबरको बोनस तथा कर तिर्न १ करोड ३९ लाख ७३ हजार ४०७ रुपैयाँ वितरण गर्ने प्रस्ताव गरिएकाे छ ।

उक्त लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

 




comments powered by Disqus

दुई जीवन बीमाले घोषणा गरे २० प्रतिशत माथि लाभांश, अन्यको कति ?

Jan 31, 2025 12:46 PM

बैंक तथा वित्तीय संस्थाहरुको लाभांश घोषणा क्रम करिब सकिएपछि बीमा कम्पनीहरुले विस्तारै लाभांश घोषणा गर्न थालेका छन्। अहिलेसम्म नेप्सेमा सुचीकृत १४ वटा बीमा कम्पनीमध्ये २ वटा कम्पनीले मात्रै लाभांश घोषणा गरेका छन्।