सुन र चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

Feb 21, 2025 10:39 AM Merolagani



फागुन ९ गते, शुक्रबार, नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य घटेको छ।

अघिल्लो दिन अर्थात बिहीबार प्रतितोला १ लाख ७१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन, आज १ लाख ७० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ। अघिल्लो दिनको तुलनामा यस दिन सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घटेको हो।

त्यस्तै, यस दिन चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ घटेको छ। बिहीबार तोलाको १ हजार ९९५ रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन भने १ हजार ९९० रुपैयाँ कारोबार भइरहेको छ।




comments powered by Disqus

सुनको मूल्यमा ऐतिहासिक रेकर्ड कायम

Mar 01, 2025 06:36 AM

यो साता पनि नेपाली बजारमा सुनको मूल्य वृद्धि भएर उचाइमा पुग्याे । सुनकाे मूल्यमा यस साता ऐतिहासिक रेकर्ड कायम भएको हाे।