सुन र चाँदीको मूल्यमा वृद्धि

Feb 14, 2025 10:45 AM Merolagani



फागुन २ गते, शुक्रबार, नेपाली बजारमा सुन र चाँदी मूल्य बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको हो भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ । बिहीबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ६९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँमा किनबेच भइरहेको छ । बिहीबारको बजारमा चाँदी एक हजार ९६५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।




comments powered by Disqus

धमाधम लाभांश घोषणा गर्दै बीमा कम्पनी, ४ जीवन र ५ निर्जीवनले घोषणा गरे लाभांश

Feb 15, 2025 11:03 AM

नेप्सेमा सूचीकृत बीमा कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्न थालेका छन् । नेप्सेमा सूचीकृत १२ जीवन बीमा र १२ निर्जीवन बीमा गरी सूचीकृत २४ बीमा कम्पनीमध्ये ९ वटा कम्पनीले लाभांश घोषणा गरेका छन् ।