सुन र चाँदीको मूल्य बढ्यो

Feb 24, 2025 10:43 AM Merolagani



फागुन १२ गते, सोमबार, नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेको हाे भने चाँदीको मूल्य १५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल एक लाख ७० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । आईतबारको बजारमा छापावाल एक लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको छ । आईतबार चाँदीको मूल्य प्रतितोला एक हजार ९७० रुपैयाँमा खरिदबिक्री भएको थियो ।




comments powered by Disqus

सुनको मूल्यमा ऐतिहासिक रेकर्ड कायम

Mar 01, 2025 06:36 AM

यो साता पनि नेपाली बजारमा सुनको मूल्य वृद्धि भएर उचाइमा पुग्याे । सुनकाे मूल्यमा यस साता ऐतिहासिक रेकर्ड कायम भएको हाे।