'कुलमानलाई बेलुका हटाइन्छ भनेर हल्ला गरेको सुनिएको छ'

Feb 24, 2025 01:59 PM Merolagani



नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले सरकारले विद्युत महशुल नतिर्नेहरुको नभई तिर्नेहरुको लाइन काट्न निर्देशन दिएको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन । उनले उर्जामन्त्रीको आलोचना गरेकै कारण दुधकोशी जलविद्युत आयोजनाका सिईओ विमल गुरुङमाथि कारबाही गरिएको बताए। उनले कुलमान घिसिङलाई हटाउने भनेर हल्ला गर्ने गरेको उल्लेख गर्दै उज्यालो नेपाल बनाएर कुलमानले के गल्ति गरे भन्दै प्रश्न गरे ।

उनले भने, ‘काहीँ नभएको जात्रा हाँडी गाउँमा भन्ने उखानजस्तै उर्जा मन्त्रालयमा के भइरहेको छ सम्माननीय सभामुखज्यु ? दुधकोशी जलविद्यतुको सिईओ विमल गुरुङलाई कारबाही गरिएको हो कि के हो ? पत्र सार्वजनिक भएको छ । मन्त्रीको आलोचना गरेको कारणले । विद्युत नियमन आयोगले महशुल नतिर्नेहरुको लाइन काट्ने हो कि तिर्नेहरुको लाइन काट्ने हो ? मैले पत्रिकामा पढेअनुसार महशुल नतिर्नेहरुको लाइन नकाट्न भनेर निर्देशन गरिएको छ । कुलमान घिसिङलाई बेलुका हटाइन्छ, भोलि हटाइन्छ भनेर हल्ला गरेको सुनिएको छ । कुलमानले उज्यालो नेपाल बनाएर के गल्ति गरे ? घाटामा गएको प्राधिकरणलाई नाफामा ल्याएर के गल्ति गरे कुलमानले ?’

उनले कुलमान घिसिङले घाटामा गएको विद्युत प्राधिकरण नाफामा ल्याएको जिकिर गरे ।




comments powered by Disqus

सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

Feb 21, 2025 10:04 AM

सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेड (CLI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।