मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा भोलि हुने

Feb 24, 2025 05:48 PM Merolagani



नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा भाेलि गर्ने भएको छ । मौद्रिक नीतिको अन्तिम तयारी भइरहेकाे राष्ट्र बैंकका एक उच्च कर्मचारीले मेरोलगानीलाई बताए ।

‘भोलि आउने सम्भावना छ,’ उनले भने, ‘भाेलि ल्याउने गरी तयारी भइरहेकाेछ ।’

गत वर्ष माघ २९ गते नै आएको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा यसपाली भने केही ढिलाे भएकाे छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा अर्थमन्त्रालयमा सचिव हेरफेर र अर्थमन्त्री विष्णु पौडेल घाइते भएपछि ढिलो हुन पुगेको हो ।

दोश्रो त्रैमास सकिएको ४५ दिनभित्र मौद्रिक नीतिको समीक्षा ल्याउनुपर्ने हुन्छ । फागुन १५ गतेसम्मको समय भएपनि पर्सी १४ गते शिवरात्री सार्वजनिक विदा भएकाले राष्ट्र बैंकले भाेलि अर्थात १३ गते नै ल्याउन लागेकाे हाे ।

गभर्नरको महाप्रसाद अधिकारीको अन्तिम समीक्षा भएकाले पनि मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सकारात्मक आउने अपेक्षा गरिएको छ । अधिकारीले जाँदाजाँदै केही राहात दिने नीति ल्याउने लगानीकर्ताहरुको अनुमान छ ।




comments powered by Disqus

सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

Feb 21, 2025 10:04 AM

सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेड (CLI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।