आज ५ बजे बस्ने मन्त्रिपरिषद् बैठकले कुलमानलाई हटाउने र बीमा प्राधिकरणको अध्यक्ष नियुक्ति गर्ने सम्भावना बढी

Feb 24, 2025 03:29 PM Merolagani



आज साँझ ५ बजे बस्ने मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने र नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्ति गर्ने सम्भावना बढी देखिएको छ ।

आज साँझ ५ बजे मन्त्रिपरिषदको नियमित बैठकले यस्तो निर्णय गर्ने सम्भावना बढी देखिएको हो । मन्त्रिपरिषद् बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

उर्जामन्त्री दीपक खड्काले घिसिङलाई हटाउने प्रस्ताव मन्त्रिपरिषदमा लगिसकेका छन् । आज बस्ने मन्त्रिपरिषद् बैठकले घिसिङलाई हटाउने सम्भावना बढी देखिएको हो ।

यसैगरी, बीमा प्राधिकरणको अध्यक्ष पदका लागि अर्थ मन्त्रालयले तीन जनाको नाम मन्त्रिपरिषदमा पठाइसकेको स्रोतको दावी छ । मन्त्रिपरिषदले ती तीन जनाबाट १ जनालाई अध्यक्षमा चयन गर्ने सम्भावना पनि बलियो देखिएको हो ।




comments powered by Disqus

सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

Feb 21, 2025 10:04 AM

सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेड (CLI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।