नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ७५ हजार रुपैयाँमा कारोबार भईरहेको छ । गत बुधबार प्रतिताेला एक लाख ७६ हजार पुगेर नयाँ रेकर्ड बनाएकाे सुनकाे मूल्य, हिजाे अथार्त बिहीबार साेही मूल्यमा काराेबार भएकाे थियो । हालसम्मकै उच्च मूल्यमा दुइ दिन काराेबार भएकाे सुनकाे मूल्य यस दिन भने घटेकाे हाे ।
यस दिन चाँदीको मूल्य भने तोलामा ३५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला एक हजार ९९५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको बजारमा चाँदी प्रतितोला दुई हजार ३० रुपैयाँमा कारोबार भएको थियो।
