कारोबारमा आएका अधिकांश कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । बजारमा ६ अर्ब २६ करोड रुपैयाँ भन्दा बढीको शेयर खरिद बिक्री भएको छ । निरन्तर एकोहोरो गतिमा घटेको बजारमा लगानीकर्ताको मनोभावना कमजोर भएको छ भने बजारमा प्यानिक सेल आएको छ ।
वास्तवमा बजार यसै कारणले घट्यो र घट्नु पर्ने थियो भन्ने जवाफ कुनै लगानीकर्तासँग पनि रहेको देखिँदैन । यद्यपि बजारले ओरालो गतिलाई निरन्ता दिँदै छ । मुलुकमा राजनीतिक आन्दोलन हुन सक्ने कुराले लगानीकर्ताहरु त्रसित भएका छन । राजतन्त्र पक्षधर र गणतन्त्रवादीहरुबीच थप द्वन्द्व बढ्न सक्ने र राजनीति अस्थिरता निम्तिने अनुमान लगानीकर्तामा छ ।