प्रतिरोध क्षेत्रभन्दा माथि घलेम्दी हाइड्रो, हेरौँ कम्पनी विश्लेषण

Mar 29, 2025 06:57 PM Merolagani



यस साता जलविद्युत उपसमूहको परिसूचक २.१५ प्रतिशत घटेको छ। गत साता ३५४६.६१ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक यस साता ७६.३४ अंक घटेर ३४७०.२७ विन्दुमा झरेको छ।

सोही उपसमूहको एक कम्पनी हो घलेम्दी हाइड्रो लिमिटेड (GHL) ।

यस साता सो कम्पनीको शेयरमूल्य ६ रुपैयाँ १७ पैसा घटेको छ। गत साता २९४ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको यस कम्पनीको शेयर, यस साता २८८ रुपैयाँ ३ पैसामा अन्तिम कारोबार भएको छ।

प्रतिरोध क्षेत्रभन्दा माथि

यस साता कम्पनीको शेयरमूल्य प्रतिरोध क्षेत्रभन्दा माथि बन्द भएको छ। यस साता कम्पनीको प्रतिरोध क्षेत्र २७५ देखि २८५ सम्म रहेको छ। यद्यपि साताको अन्तिम कारोबार दिन कम्पनीको शेयरमूल्य सो क्षेत्रभन्दा माथि बन्द भएको छ। आगामी कारोबार दिनमा कम्पनीको शेयरमूल्य उकालो लागेमा सोही क्षेत्र टेवा क्षेत्र बन्नेछ। आगामी साताको लागि कम्पनीको प्रतिरोध क्षेत्र ३३० देखि ३४० सम्म रहेको छ।

रिभर्सलको संकेत

साप्ताहिक रुपमा यस साता कम्पनीको शेयरमूल्यले ह्यामर मैनबत्ती बनाएको छ। यसले आगामी दिनमा कम्पनीको शेयरमूल्य रिभर्स हुने अर्थात बढ्ने संकेत गर्दछ। साताको अन्तिम कारोबार दिन भने कम्पनीको शेयरमूल्यले बुलिश मैनबत्ती बनाएको छ। यसले सो दिन बजारमा खरिदकर्ता बलियो रहेको संकेत गर्दछ।

एआई सिग्नल

मेरोलगानी एआई चार्टले हालसम्म कम्पनीको शेयरमा ८ पटक बाइ सिग्नल दिइसकेको छ। जसमध्ये ७ सिग्नल सफल भएका थिए भने १ वटामा स्टपलस गर्नु परेको थियो। पछिल्लो समय मेरोलगानी एआई चार्टले कम्पनीको शेयरमा कुनै बाइ सिग्नल दिएको छैन।

कमजोर भोल्यूम

यस साता कम्पनीको शेयरमूल्यसँगै भोल्यूम पनि कमजोर रहेको छ। यस साता दैनिक औषतमा कम्पनीको ३ लाख ९९ हजार ५०८ कित्ता शेयर खरिदबिक्री भएको छ। साताको अन्तिम कारोबार दिन कम्पनीको २० दिने औषत भोल्यूम ७ लाख ४९ हजार ६७३ कित्ता रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा कम्पनीको दैनिक औषत भोल्यूम ४६.७० प्रतिशत कम हो।

बियरिश प्रवृत्ति

यस साताको अन्तिम कारोबार दिन कम्पनीको एमएसिडी रेखा सिग्नल रेखाभन्दा तल रहेको छ। त्यस्तै, कम्पनीको हिस्टोग्राम पनि नकारात्मक क्षेत्रमा रहेको छ। यसले यस साता कम्पनीको शेयरमूल्य बियरिश प्रवृत्तिमा रहेको संकेत गर्दछ।

खरिदबिक्री चाप सन्तुलनमा

साताको अन्तिम कारोबार दिन कम्पनीको स्टकास्टिक आरएसआई न्यूट्रल जोनमा रहेको छ। यसले बजारमा कम्पनीको शेयरमा खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

वित्तीय अवस्था

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत ६ करोड ७४ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५.८५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४ करोड ९६ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो। कम्पनीले ६५ कराेड रुपैयाँको मुद्दती निक्षेपबाट २ कराेड २५ लाख रुपैयाँ व्याज आम्दानी समेत गरेका छन् । कम्पनीले याे आम्दानीलाई अन्य आम्दानीमा राखेका छन्। गत वर्ष भने याे प्रकृतिकाे आम्दानी ६ लाख ९१ हजार रुपैयाँ मात्र थियाे। विद्युत बिक्री र अन्य आम्दानी बढेपछि कम्पनीको खुद नोक्सानी भने घटेको छ।

समीक्षा अवधिमा कम्पनीको खुद नोक्सानी ४ करोड ९९ लाख रुपैयाँबाट घटेर १६ लाख ९७ हजार रुपैयाँमा झरेको छ। समीक्षा अवधिमा कम्पनीको अन्य आम्दानी ६९ हजार रुपैयाँबाट बढेर २ करोड २५ लाख ३८ हजार रुपैयाँ पुगेको छ। कम्पनीको कुल खर्च भने ९ करोड ९६ लाख ६४ हजार रुपैयाँबाट घटेर ८ करोड ६० लाख ५४ हजार रुपैयाँमा सीमित भएको छ।

१ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा भने २१ करोड ११ लाख ६३ हजार रुपैयाँ ऋणात्मक रहेको छ।

पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २१ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ९८ रुपैयाँ २० पैसा रहेको छ। यस साताको अन्तिम कारोबार मूल्य आधारमा कम्पनीको प्राइस टु बुकभ्यालु रेशियो २.९३ गुणा रहेको छ।

आधारभूत विश्लेषण

हाल नेप्सेमा कम्पनीको १ करोड ६५ लाख कित्ता शेयर सूचीकृत छ। साताको अन्तिम कारोबार मूल्यका आधारमा कम्पनीको कुल बजार पूँजीकरण ४ अर्ब ७५ करोड २४ लाख ९५ हजार रुपैयाँ रहेको छ। कम्पनीको १८० दिने औषत मूल्य २३१ रुपैयाँ २७ पैसा रहेको छ। त्यसैगरी, कम्पनीको ५२ हप्ताको उच्च मूल्य ३१८ रुपैयाँ रहेको छ भने न्यून मूल्य १४१ रुपैयाँ रहेको छ।

कम्पनीले घलेम्दी खोला जलविद्युत आयोजना ५ मेगावाट निर्माण सम्पन्न गरी २०७६ फागुन ५ गतेदेखि व्यापारिक उत्पादन सुरु गरेको थियो। यसका अलावा घलेम्दी हाइड्रो लिमिटेडले सांग्रिला उर्जा प्रा.लि. द्वारा प्रवद्र्धित संखुवासभामा रहेको ६३ मेगावाट क्षमताको (४ घण्टा अर्ध जलासययुक्त) छुजुङ्ग खोला जलविद्युत आयोजनामा ११० करोड रकम (शेयर लगानीको ५९% शेयर कायम हुनेगरी) लगानी गर्ने प्रतिबद्धता गरेको र दोश्रो त्रैमास सम्ममा ५०.७० करोड लगानी गरिसकेको छ। ६३ मेगावाटको छुजुङ्खोला जलविद्युत आयोजनाको काम आगामी केही वर्षभित्र सम्पन्न गर्ने गरी प्रस्ताव गरिएको छ। कम्पनीले आयोजनाको सिभिल संरचना, उपकरण जडान तथा परीक्षणको २०८४ मंसिरभित्र सम्पन्न गर्ने गरी निर्माण अनुमतिका लागि विद्युत विकास विभागमा आवेदन दिएको थियो।

ब्रोकर ३९ बाट सर्वाधिक खरिदबिक्री

यस साता ब्रोकर नम्बर ३९ ले कम्पनीको सबैभन्दा शेयर खरिद गरेको छ। सो ब्रोकरले यस साता कम्पनीको २ लाख २७ हजार ६८६ कित्ता शेयर खरिद गरेको हो। त्यस्तै, यस साता ब्रोकर नम्बर ५६ ले ८० हजारभन्दा बढी र ४१ ले कम्पनीको करिब ७२ हजार कित्ता शेयर खरिद गरेको छ। यस साता ब्रोकर नम्बर ३९ ले नै कम्पनीको सबैभन्दा बढी शेयर बिक्री गरेको छ। सो ब्रोकरले यस साता कम्पनीको १ लाख ४८ हजार २२ कित्ता शेयर बिक्री गरेको हो।

मूल्य बढ्ने अपेक्षा

यस साता फियर एण्ड ग्रीड मिटरमा कम्पनीको शेयर ग्रीड जोनमा रहेको छ। यसले लगानीकर्ताहरु कम्पनीको शेयरमूल्य बढ्छ भन्ने अपेक्षामा रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानीको डाटा एनालाइटिक्सबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




comments powered by Disqus

मेयर बालेनले ‘स्टण्ट’ गर्न असम्वन्धित व्यक्तिलाई पत्र काटेको ठहरसहित निर्मल निवासले जवाफ नदिने, जरिवाना पनि नतिर्ने !

Mar 29, 2025 06:54 PM

तीनकुनेमा शुक्रबार प्रदर्शनका क्रममा भएको क्षतिको जरिवाना भन्दै महानगरपालिकाले पत्र काटेपनि पूर्वराजाले भने त्यो जरिवाना नतिर्ने भएका छन् । ‘महानगरपालिकाले आइतबार बुझाउने भनेकोमा जुनसुकै कारण देखाएपनि उक्त जरिवाना श्री ५ बाट तिर्ने कुरै हुँदैन’ पूर्वराजा ज्ञानेन्द्र शाह निकट स्रोतले मेरो लगानीसंग भन्यो ।