फुलचार्जमा ४७३ किलोमिटर गुड्न सक्ने क्रेटा ईभी

Apr 05, 2025 11:24 AM Merolagani



पछिल्लो समय नेपाली अटो बजारमा विद्युतीय गाडीहरुको माग बढ्दो छ। बढ्दो माग र आकर्षणलाई पुरा गर्न गत साता क्रेटा ईभी नेपाली बजारमा सार्वजनिक भएको छ।

हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले गत चैत ११ गते ‘चुज योर फ्युचर’ थिमसहित सो गाडी सार्वजनिक गरेको हो। ग्राहकहरुको आवश्यकता र गतिशिलता अनुसार क्रेटा ईभी नेपाली बजारमा उपलब्ध गराएको कम्पीले बताएको छ।

५१.४ किलोवाट आवरको ब्याट्री जडित यस गाडीको रेञ्ज फुलचार्जमा ४७३ किलोमिटर हुने बताइएको छ। हुन्डाईको यस अघिको ईभी कोना गाडीमा प्रयोग भएको १०० किलोवाटको मोटर रहन यस क्रेटा ईभीले ७.९ सेकेन्डमा शून्यबाट १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्नेछ।

थ्री स्पोक स्टेरिङ्ग ह्वील, स्टेरिङ्ग कोलुममा रहेको गियर सेलेक्टर, सेन्टर कन्सोलमा दिईएको ड्राइभ मोड सेलेक्टर, फुल साइज स्पेयर टायर जस्ता विशेषताले यस क्रेटा ईभीलाई सजिलो र प्रयोगमैत्री बनाएको छ।

यस गाडीमा बोसको ८ स्पिकर, लेभल २ एडास सिस्टम, १०.२५ इन्चको डुअल स्क्रिन, डिजिटल की, भेन्टिलेटेड र पावर फ्रन्ट सिट, ६ वटा एयरब्याग, इलेक्ट्रिक टेलगेट, ३६० डिग्री क्यामरा लगायतका विशेषताहरु पनि छन्।

क्रेटा ईभीका मूख्य विशेषताहरु

  • २०० एमएम ग्राउण्ड क्लियरेन्स र १७ डिग्रीभन्दा बढी ब्रेकओभर एंगल (सेग्मेन्टमा सबैभन्दा उच्च), जसले हल्का अफरोडमा सहज ड्राइभिङ अनुभव प्रदान गर्छ
  • ११ किलोवाट एसी चार्जिङ (सेग्मेन्टमा मात्र उपलब्ध) जसले हाउसहोल्ड वाल माउन्ट चार्जरबाट केबल ४ घण्टामा फुल चार्ज गर्न सकिन्छ
  • स्पेर टायर उपलब्ध, जबकी धेरै प्रतिस्पर्धि ब्राण्डहरुले केबल रिपेर किट मात्र उपलब्ध गराउँछन्
  • एडिएएस, ६ एयरब्याग र ३६० डिग्री क्यामरा जस्ता एडभान्स्ड सुरक्षा विशेषता, जसले अधिकतम सुरक्षा र सुविधा सुनिश्चित गर्दछ।

मूल्य कति?

नेपाली बजारमा चार रङमा उपलब्ध क्रेटा ईभीको प्रारम्भिक मूल्य ५१ लाख ९६ हजार रुपैयाँ कायम गरिएको छ। क्रेटा ईभी एक्जिक्युटिभ, क्रेटा ईभी स्मार्ट, क्रेटा ईभी स्मार्ट (०) र क्रेटा ईभी प्रिमियम गरी चार भेरिएन्टमा उपलब्ध यी गाडीहरुको मूल्य क्रमशः ५१ लाख ९६ हजार रुपैयाँ, ५४ लाख ९६ हजार, ५६ लाख ९६ हजार र ५९ लाख ९६ हजार रुपैयाँ रहेको छ।

हुन्डाईले नेपालमा सन् २०१५ देखि क्रेटाको बिक्री सुरुवात गरेको थियो। गज्जबको डिजाइन, उत्कृष्ट प्रदर्शन, हरेक भूभागमा मजाले गुड्न सक्ने र प्रायः हरेक उमेरका ग्राहकवर्गलाई सुहाउने भएकोल १० हजार भन्दा धेरै ग्राहकहरुको रोजाइ र यात्राको साथी बन्न मिड साइज एसयूभी सेगमेन्टमा क्रेटा सफल हुँदै एसयूभी सेग्मेन्टमा आफ्नो प्रभावकारी स्थान बनाउन सफल भएको कम्पनीको भनाइ छ।

 



comments powered by Disqus

गभर्नरमा गुणाकर भट्ट आउने भनेपछि शेयर बजार राताम्मे, किन एम अधिकारीको छायाँ देख्यो शेयर बजारले?

Apr 21, 2025 06:25 AM

गत बिहीबारसम्म शेयर बजार बढ्दो लयमा थियो। गएको बिहीबार मात्रै सूचक २६.५० अंकले बढेर २७२२.७३ अंकमा उक्लिएको थियो। नयाँ गभर्नर आउने भन्ने हल्ला बलियो बन्दै गएका कारण शेयर बजार समेत बढ्दो लयमा थियो।