नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ९७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात सोमबार यस्तो सुन प्रतितोला १ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा यस दिन सुनको मूल्य प्रतितोला ६ हजार ९०० रुपैयाँ बढेको हो।
यस दिन चाँदीकाे मूल्य ताेलामा १० रूपैयाँ बढेकाे संघले जनाएकाे छ। साेमबार ताेलाकाे १ हजार ९६० रूपैयाँमा काराेबार भएकाे चाँदी, यस दिन १ हजार ९७० रूपैयाँमा काराेबार भइरहेकाे छ।
