सुन र चाँदीको मूल्यमा भारि गिरावट

Apr 04, 2025 10:58 AM Merolagani



चैत २२ गते, शुक्रबार, नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारि गिरावट भएको छ । यसदिन सुन प्रतितोला तीन हजार ९०० रुपैयाँ घटेको छ भने चाँदी १२५ रुपैयाँले घटेको हो । दैनिक नयाँ रेकर्ड बनाइरहेको सुनको एकै दिन ठूलो गिरावट भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला एक लाख ७६ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ । बिहीबारको बजारमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८० हजार ३०० रुपैयाँ खरिदबिक्री भएको थियो ।

यस दिन चाँदीको मूल्य पनि १२५ रुपैयाँले घटेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ८७० रुपैयाँमा किनबेच भएको छ । बिहीबारको बजारमा चाँदी तोलाको एक हजार ९९५ रुपैयाँमा कारोबार भएको थियो ।




comments powered by Disqus

हकप्रद घोषणा गर्दै मूल्य बढाउँदै कम्पनीहरु

Apr 02, 2025 06:07 AM

बाबुकृष्ण महर्जन

नेप्सेमा हालै लघु बीमा कम्पनीअन्तर्गतको पहिलो कम्पनी गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स सूचीकृत भयो । हालै आइपीओ जारी भएर सूचीकृत भएको गार्डियन माइक्रो लाइफको शेयर मूल्य २३ सय रुपैयाँको हाराहारीमा कारोबार भइरहेको थियो ।