ऐतिहासिक उचाइमा सुनको मूल्य

Apr 03, 2025 10:38 AM Merolagani



चैत २१ गते, बिहीबार, नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ। गत शुक्रबारदेखि दैनिक नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य, हिजो अर्थात बुधबार घटेको थियो। तर यस दिन पुनः सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८० हजार ३०० रुपैयाँ पुगेको छ। अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँ बढेको हो। बुधबार नेपाली बजारमा सुन प्रतितोला १ लाख ७९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

यस दिन चाँदीको मूल्य भने घटेको छ। अघिल्लो दिन तोलाको २ हजार २० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन तोलामा २५ रुपैयाँ घटेर १ हजार ९९५ रुपैयाँमा कारोबार भइरहेको छ।




comments powered by Disqus

हकप्रद घोषणा गर्दै मूल्य बढाउँदै कम्पनीहरु

Apr 02, 2025 06:07 AM

बाबुकृष्ण महर्जन

नेप्सेमा हालै लघु बीमा कम्पनीअन्तर्गतको पहिलो कम्पनी गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स सूचीकृत भयो । हालै आइपीओ जारी भएर सूचीकृत भएको गार्डियन माइक्रो लाइफको शेयर मूल्य २३ सय रुपैयाँको हाराहारीमा कारोबार भइरहेको थियो ।