तीनकुनेको घरमा आगो लगाउने २ जनाको पहिचान, दुवै जना दुर्गा प्रसाईको फौज ‘एटिएफ’को सदस्य रहेको खुलासा

Apr 13, 2025 06:59 PM mero lagani



पत्रकार सुरेश रजकको ज्यान जानेगरि भएको काठमाडौंको तीनकुने स्थित निजी घरमा आगो लगाउने व्यक्तिहरू दुर्गा प्रसाईं निकट रहेको खुलासा भएको छ । 

यो खुलासासंगै हाल हिरासतमा रहेका प्रसाई थप समस्यामा पर्ने देखिएको छ ।  राजसंस्था पुनर्स्थापनाका लागि भन्दै गठित ‘संयुक्त जनआन्दोलन समिति’ का ‘कमान्डर’ प्रसाईंको आह्वानमा चैत १५ गते तीनकुने क्षेत्रमा प्रदर्शन भएको थियो । त्यसक्रममा करोडौंको धनमाल नोक्सान भएको थियो भने रजक सहित २ जनाको मृत्यु भएको थियो ।

प्रहरीले फेला पारेको आगजनीको भिडिओमा रामेछाप सुनापति गाउँपालिका १ का २२ वर्षीय सरोज गौतम र अछाम पंचदेवल नगरपालिकाका २० वर्षीय गोकर्ण शाहीले आगजनी गरेको देखिएको छ ।

उनीहरु दुवै जना प्रसाईले स्थापना गरेको अनवरत तत्पर फौज (एटिएफ) का सदस्यहरू रहेको सुरक्षा निकाय स्रोतले जानकारी दिएको छ । यद्धपी रजकको हत्यामा प्रत्यक्षरुपमा उनीहरुको संलग्नता छ वा छैन भन्ने बारेमा भने प्रहरीले केही बताएको छैन ।

गौतम एटिएफको प्रवक्ता र शाही एटिएफमा सदस्य हुन् ।

दुर्गा प्रसाईंले प्रहरीलाई पेलेर गाडी कुदाउँदा गौतम त्यही गाडीमा झुण्डिएर बसेका थिए । यता शाहीले भने आगजनी सँगै नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालयमा समेत ढुंगामुढा गरेका थिए ।




comments powered by Disqus

गभर्नरमा गुणाकर भट्ट आउने भनेपछि शेयर बजार राताम्मे, किन एम अधिकारीको छायाँ देख्यो शेयर बजारले?

Apr 21, 2025 06:25 AM

गत बिहीबारसम्म शेयर बजार बढ्दो लयमा थियो। गएको बिहीबार मात्रै सूचक २६.५० अंकले बढेर २७२२.७३ अंकमा उक्लिएको थियो। नयाँ गभर्नर आउने भन्ने हल्ला बलियो बन्दै गएका कारण शेयर बजार समेत बढ्दो लयमा थियो।