२०८२ सालको पहिलो काराेबार दिन सुनको मूल्य घट्यो

Apr 15, 2025 11:09 AM Merolagani



बैशाख २ गते, मंगलबार, २०८२ सालको पहिलो दिन सुनको मूल्यले घटेको छ । यस दिन सुनको मूल्य प्रतितोला एक हजार ७०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । गत आईतबारको बजारमा यस्तो सुन प्रतितोला एक लाख ८६ हजार रुपैयाँ खरिदबिक्री भएको थियो । गत बिहीबारदेखि आईतबारसम्म सुनको मूल्यले निरन्तर ऐतिहासिक रेकर्ड बनाउदै बढेको थियो ।

यस दिन चाँदीको तोलामा १५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ९४५ रुपैयाँमा किनबेच भइरहेको छ । आईतबारको बजारमा चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा किनबेच भएको थियो ।




comments powered by Disqus

गभर्नरमा गुणाकर भट्ट आउने भनेपछि शेयर बजार राताम्मे, किन एम अधिकारीको छायाँ देख्यो शेयर बजारले?

Apr 21, 2025 06:25 AM

गत बिहीबारसम्म शेयर बजार बढ्दो लयमा थियो। गएको बिहीबार मात्रै सूचक २६.५० अंकले बढेर २७२२.७३ अंकमा उक्लिएको थियो। नयाँ गभर्नर आउने भन्ने हल्ला बलियो बन्दै गएका कारण शेयर बजार समेत बढ्दो लयमा थियो।