चीनको अन्तरिक्ष अभियान : सन् २०२५ मा के गर्दैछ चीन?

Apr 18, 2025 06:13 PM mero lagani



चीनले सन् २०२५ मा धेरै महत्वपूर्ण अन्तरिक्ष अभियानहरू सञ्चालन गर्ने योजना बनाएको छ । यसमा ‘तियानवेन–२’ नामक क्षुद्रग्रह अन्वेषण मिसन पनि सामेल छ ।

यस मिसनले क्षुद्रग्रहको नजिक पुगेर अध्ययन गर्ने र नमुना सङ्कलन गर्नेछ ।

क्षुद्रग्रह अन्वेषण मिसन भन्नाले अन्तरिक्षमा रहेका साना ग्रहजस्तै आकृतिका वस्तुहरू, जसलाई क्षुद्रग्रह भनिन्छ, तिनीहरूको अध्ययन गर्न पठाइने अन्तरिक्ष अभियानलाई जनाइन्छ । यस्ता मिशनहरूबाट क्षुद्रग्रहको बनावट, उत्पत्ति, सतहको अवस्था, गति आदिको बारेमा जानकारी लिइन्छ, जसले सौरमण्डलको इतिहास बुझ्न सहयोग पु¥याउँछ । साथै, पृथ्वीमा खतरनाक रूपमा नजिक आउने क्षुद्रग्रहहरू पहिचान गर्न र भविष्यमा यिनबाट बच्ने उपाय सोच्न पनि यस्ता मिसन उपयोगी हुन्छन् ।

त्यस्तैगरी, ‘शेञ्चौ–२०’ र ‘शेञ्चौ–२१’ नामक मानिस चढाइने यानहरू पनि यही वर्ष अन्तरिक्षतर्फ पठाइने छन् । चीनले अन्य देशहरूसँग मिलेर संयुक्त अन्तरिक्ष अनुसन्धान पनि गर्दैछ । युरोपसँग मिलेर बनाइने एउटा अभियानले सूर्यको हावा पृथ्वीको चुम्बकीय क्षेत्रमा कसरी असर गर्छ भन्ने कुरा पत्ता लगाउनेछ । अर्को परियोजनामा चीन र इटालीले मिलेर भू–कम्प पहिल्यै थाहा पाउने उद्देश्यले एउटा उपग्रह निर्माण गरिरहेका छन् । चीनले बेल्ट तथा सडक पहलमा सहभागी भएका देश, ब्रिक्स समूहका राष्ट्र र युरोपेली साझेदारहरूसँग मिलेर चन्द्रमामा अनुसन्धान केन्द्र बनाउने, अन्तरिक्षमा संयुक्त अध्ययन गर्ने र विज्ञान प्रविधिको आदानप्रदान गर्ने योजना अघि बढाइरहेको छ । चीनले आफ्नो उपग्रह सेवामार्फत कृषि विकास, विपद् व्यवस्थापन तथा स्मार्ट सहर निर्माणजस्ता क्षेत्रमा पनि अन्य राष्ट्रहरूलाई सहयोग गर्नेछ ।

यसै सन्दर्भमा, चीनले यस वर्षको अन्तरिक्ष दिवस अप्रिल २४ मा मनाउनेछ । सो अवसरमा शाङ्घाइ शहरमा बृहत् कार्यक्रमहरू आयोजना गरिने छन्, जसमध्ये उद्घाटन समारोह, अन्तरिक्ष प्रदर्शनी, सांस्कृतिक गोष्ठी तथा शैक्षिक सम्मेलनहरू मुख्य हुनेछन् । देशभर करिब ६५० वटा सार्वजनिक कार्यक्रम आयोजना हुनेछन्, जसमा विद्यालय खुला गर्ने, वैज्ञानिकद्वारा कक्षा सञ्चालन, विज्ञान प्रदर्शनी, प्रतियोगिता तथा कार्यशाला हुनेछन् । यस पटकको अन्तरिक्ष दिवसमा थाइल्याण्डलाई विशेष अतिथि राष्ट्रको रूपमा आमन्त्रित गरिएको छ ।

चीन र थाइल्याण्डले चन्द्र–अभियान, संयुक्त उपग्रह निर्माण र पृथ्वी अवलोकनसम्बन्धी सहकार्यलाई अझ विस्तार गर्ने योजना बनाएका छन् । चीनले आफ्नो पहिलो उपग्रह ‘तुङफाङहोङ–१’ सन् १९७० को अप्रिल २४ मा प्रक्षेपण गरेपछि, यही दिनलाई सम्झनाका रूपमा सन् २०१६ देखि प्रत्येक वर्ष ‘चीन अन्तरिक्ष दिवस’ को रूपमा मनाउँदै आएको हो । 




comments powered by Disqus

गभर्नरमा गुणाकर भट्ट आउने भनेपछि शेयर बजार राताम्मे, किन एम अधिकारीको छायाँ देख्यो शेयर बजारले?

Apr 21, 2025 06:25 AM

गत बिहीबारसम्म शेयर बजार बढ्दो लयमा थियो। गएको बिहीबार मात्रै सूचक २६.५० अंकले बढेर २७२२.७३ अंकमा उक्लिएको थियो। नयाँ गभर्नर आउने भन्ने हल्ला बलियो बन्दै गएका कारण शेयर बजार समेत बढ्दो लयमा थियो।