आम्दानी बढेपछि दिव्यश्वरी हाइड्रोपावरको नोक्सानी घट्यो

Apr 29, 2025 12:37 PM Merolagani



दिव्यश्वरी हाइड्रोपावर लिमिटेड (DHPL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको नोक्सानी, गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनी १५ लाख ७२ हजार रुपैयाँ नोक्सानीमा रहेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनी ३ करोड ९ लाख ४९ हजार रुपैयाँ नोक्सानीमा थियो।

कम्पनीको विद्युत बिक्री आम्दानी बढेसँगै खुद नोक्सानी घट्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ६ करोड ८ लाख रुपैयाँबाट बढेर ६ करोड ९६ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, कम्पनीको कुल आम्दानी ६ करोड १३ लाख रुपैयाँबाट बढेर ६ करोड ९६ लाख रुपैयाँ पुगेको छ। कम्पनीको वित्तीय खर्च समीक्षा अवधिमा ५ करोड २९ लाख रुपैयाँबाट घटेर ३ करोड ६४ लाख रुपैयाँमा झरको छ।

चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ६० पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ४ रुपैयाँ ५३ पैसा रहेको छ।

२६ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष तथा सञ्चित मुनाफा २५ करोड २० लाख रुपैयाँ ऋणात्मक रहेको छ।




हिमालयन रि इन्स्योरेन्सको लाभांश घोषणा

May 06, 2025 11:05 AM

हिमालयन रि इन्स्योरेन्स (HRL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।