करिब साढे १२ लाख रुपैयाँ नोक्सानीमा चिरख्वा हाइड्रोपावर

May 27, 2024 09:48 AM Merolagani

चिरख्वा हाइड्रोपावर (CKHL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा कम्पनी नोक्सानीमा रहेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले १२ लाख ४१ हजार रुपैयाँ नोक्सान व्यहोरेको छ। दोस्रो त्रेमासको अन्त्यसम्ममा कम्पनी ८ लाख ७९ हजार रुपैयाँ नोक्सानमा थियो।

हालसम्मकम्पनीले विद्युत् उत्पादन शुरु भएको छैन त्यसैले कम्पनीको आम्दानीको खासै कुनै स्रोत नभएका कारण नोक्सानीमा रहेको हो। ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ ४७ लाख ५ हजार रुपैयाँ ऋणात्मक छ। त्यस्तै, कम्पनीको प्रतिशेयर आम्दानी ३१ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ९८ रुपैयाँ ८२ पैसा छ।

comments powered by Disqus

११ बीमा कम्पनी हकप्रदबाट पूँजी बढाउने लाइनमा, ४ बीमा कम्पनीको हकप्रद आवेदन सेबोनमा 'पेन्डिङ'

May 25, 2024 10:59 AM

बीमा प्राधिकरणले तोकेको पूँजी पुर्याउन एकपछि अर्को बीमा कम्पनीले हकप्रद घोषणा गर्न थालेका छन् । एक चरण मर्जर गरेर केही कम्पनीहरुले तोकिएको पुँजी पुर्याए भने कसैले बोनस शेयर दिएरै पुर्याए । अझै पूँजी पुर्याउन नसकेको कम्पनीहरुले धमाधम हकप्रद शेयर घोषणा गर्न थालेका छन् ।